एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ः जनकपुरधाममा सम्मानजनक सहभागिता र पहुँच बनाइरहेको कलवार समुदायको कूल देवता बलभद्र भगवानको जयन्ती भव्यताका साथ मनाईदैछ । समुदायका महिला पुरुष, युवा युवती सहित स–परिवार जनकपुरधाम स्थित ब्याहुत सेवा समिति कलबार कुट्टीमा पुजापाठ र विभिन्न कार्यक्र गरि मनाउदै छ ।
सो अवसरमा समुदायको सामुहिक सहभागितामा जनकपुरधाममा भब्य शोभायात्रा समेत निकालिएको थियो । विहान निकालिएको शोभा यात्रा जनकपुरधामको मुख्य बजार क्षेत्रको परिक्रमा पश्चात कलबार कुट्टी पुगेको थियो । आज दिन भर भगवान बलभद्रको पुजा आराधना, दिवाभोज, प्रसाद वितरण सहितको कार्यक्रम गरिने छ ।
प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाइने गरिन्छ । भक्तजनहरुको मन्दिरमा घुइँचो लागेका छ भने पूजा भव्यता पूर्वक गरिदै छ । यस अघि आजै भव्य कलश यात्रा समेत निकालिएको थियो । भगवान कृष्णको दाई भगवान बलरामलाई बलभद्र भगवानको रुपमा चिनिन्छ ।
बललाई शक्ति र भद्रलाई अन्नको रुपमा परिभाषित गरिन्छ । बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको छ । भगवानको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ ।