एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : नेपाल क्रिकेट संघ (क्यान) धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे गुड्डुले चुनाव जितेर पद पाइसकेकाहरुले पनि उम्मेदवारहरु सरह प्रतिवद्वता मात्र बाँडदै जानुनै विकासको बाधक बनेको बताएका छन् ।
जनकपुरधाममा जारी क्यान धनुषाको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै पाण्डलेले मधेशका सभामुख समेत सहभागि कार्यक्रममा भने, ‘जितेर पदमा गएकाहरु काम गर्नुपर्नेमा, उम्मेदवार रहेका बेला जस्तै प्रतिवद्वता र भाषणवाजी गर्छन बा, यो के हो ? ।’
उनले जितेर ठाँउमा पुगेकाहरु काम, कार्यसम्पादन र कार्यान्वयन गर्नुपर्नेमा विपक्षी र चुनाव अघिका उम्मेदवारहरु जस्तो भुमिकामा देखिनु लज्जास्पद भएको र त्यसै कारण संघियता धरापमा पर्ने वातावरण बन्दै गएको बताए । पाण्डेको आक्रमक तर्क सुनेर जनप्रतिनिधी र विभिन्न सरकारी निकायका प्रतिनिधीहरुको मुहार परिवर्तण भएको थियो ।

सान्दर्भीक कुरा उठाएका पाण्डे, दिनेश पुर्वे, सरोज कुमार मिश्र मास, आकाश पाण्डे, आशिष झा सहित पुर्व खेलाडी युवाहरुको टिम जनकपुरधामको रजौलमा प्रस्तावित महत्वकांक्षी श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला निर्माणको अभियानमा छन् । उनले हरेक संघिय मन्त्री, मुख्यमन्त्री सहितका उच्च पदस्थहरु आएर ढकोस्ला बाहेक अरु केहि गर्न नसकेको गुनासो पोखे ।