एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल)का लागि आठवटा टिमहरुको घोषणा हुँदा देशका मुख्य शहरहरुको नामले टिमहरुको नाम राखिएको छ जस्मा प्राचिन जनकपुर पनि अटाउन सफल भएको छ ।
नेपाल क्रिकेट संघले जारी गरेको जानकारी मुलक विज्ञप्तीमा अगाडि नोभेम्वर ३० देखि डिसेम्वर २१ सम्म आयोजना हुने सो अन्तराष्ट्रिय स्तरको लिगका आठ फ्रेन्चाइजहरुमा जनकपुर टिम पनि राखिएको छ । हाल धनुषाको मुकाम र मधेश प्रदेशको राजधानी समेत रहेको प्राचिन राजाजनक शाषित मिथिलाको राजधानी जनकपुरधाम नेपालमा क्रिकेटको जननी समेत हो ।
तत्कालिन जचुकाली र महाविर युवा कमिटिको क्रिकेट टिम नेपाल भारत सहित विभिन्न देशहरुमा उत्कृष्ट खेलका लागि नाम कमाउने गरेका थिए । जनकपुरका आलावा विराटनगर, चितवन, काठमाण्डौं, लुम्बिनी, पोखरा, कर्णाली र सुदुरपश्चिम नामले समेत अव टिमहरु अन्तराष्ट्रिय जगतमा चिनाउने भएका छन् ।
यो जनकपुरका लागि एकदमै खुसी र गर्वको कुरा हो, क्यान धनुषाका अध्यक्ष गुड्डु पाण्डेले भने , ‘जनकपुर’ नाम अव क्रिकेटका माध्यमले पनि बिश्व स्तरमा पुग्ने भयो ।’ उनले जनकपुरको क्रिकेट बिरासत फर्काउन आबश्यक रहेको बताए । साथै उनका अनुसार प्रधानमन्त्री कपमा सहभागि हुने १५ मध्ये उत्कृष्ट चार टिमहरुको दुई दिवसीय दुईवटा म्याचहरु मधेशको जनकपुर र बिरगंजमा पनि आयोजना हुन लागेको छ ।
जनकपुरलाई धार्मिक पर्यटन, क्रिकेट खेल मैदानको केन्द्र बनाउन सकिए युवाहरुको सदुपयोगका साथै आर्थिक उन्नती हुने देखिन्छ ।