एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ : अगामि भदौ २८ गते देश भरिमै हुन लागेको नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा मधेशका इन्जिनियरहरु पनि तल्लिन छन् । आ आफना प्यानल बनाएर विभिन्न संगठनहरु चुनावी प्रचार प्रसार र अभियानमा सक्रिय छन् । यसै बिच नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक इन्जिनियरहरुको समुह (सिडेन) जोडदार रुपमा प्रचार प्रसारमा लागेका छन् ।
सोहि क्रममा सिडेनले जनकपुरधाममा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका शिर्षनेता, मधेश सरकारका मन्त्री, सांसदहरु सहित सिडेन प्यानलबाट केन्द्रिय अध्यक्षमा उम्मेदवार रहेका इ.सुवास चन्द्र बराल सहित केन्द्रिय प्यानलका अन्य पदाधिकारी तथा सदस्यका उम्मेदवारहरुका साथै मधेशको नेतृत्वका लागि बनेको प्यानलको उम्मेदवारहरु र समर्थक तथा शुभेच्छुकहरुको उपस्थिती छ ।
मधेश नेतृत्वका लागि सभापतीमा इ.अजित कुमार यादव, उपसभापतिमा इ.भवेश मिश्र, सचिवमा इ.वेद प्रकाश कुर्मी, सहसचिवमा इ.सफल कुमार साह र कोषाध्यक्षमा इ.उदित कुमार यादव उम्मेदवार छन् । सदस्यहरुमा क्रमश इन्जिनियरहरु, दिपेश कुमार यादव, साह नवाज, रामसैन कुमार यादव, राजन झा, प्रेमचन्द्र यादव, डिकेश कुमार यादव, सोनु कुमार, रुपेश कुमार यादव र मनिषा कुमारी कर्ण उम्मेदवार छन् । त्यसै गरि मधेश प्रदेशवाट केन्द्रिय सदस्यका उम्मेदवार इ.लक्ष्मण प्रसाद रजक सहितक चुनावी मैदानमा छन् ।
सो अवसरमा उपस्थित नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेश सरकारका खानेपानि तथा सिचाँई मन्त्री शेष नारायण यादव, प्रदेश सांसद जंगीलाल राय, कांग्रेस महोतरी सभापति नागेश्वर प्रसाद यादव, युवा नेता कृष्णा सिंह सहितक कांग्रेसका नेता तथा इन्जिनियर अगुवाहरुले अगामि निर्वाचनमा लोकतान्त्रिक प्यानल जिताउन एक भएर लाग्न इन्जिनियरहरुलाई आग्रह गर्दै लोकतान्त्रिक देश निर्माणमा लोकतान्त्रिक प्राविधिकहरुले नै उचित भुमिका खेल्न सक्ने बताए ।
यि हुन सिडेन समुहका प्रादेशिक र केन्द्रिय प्यानल