एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : उद्योगी व्यापारीसभक छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अगामि भदौ २९ गते हुन लागेको निर्वाचनको माहोल गरम छ । जनकपुरधामका व्यापारीहरु कोहि उम्मेदवार छन, कोहि उम्मेदवार जिताउन लागेको छन भने कोहि को राम्रा ? भन्ने बुझन र गमन्मा व्यस्त छन् ।
नेतृत्व (अध्यक्ष) पदमा हाल सम्म तिनजनाको चर्चा छ तर चौथो नहोला भन्न सकिन्न । भदौ १४ गते ४ बजे पछि मात्र थाहा हुन्छ कुन पदमा कति उम्मेदवार भनेर । हाल सम्म चर्चामा रहेका तिनजना अध्यक्षका उम्मेदवारहरुमा मनिष वर्तमान वरिष्ठ उपाध्यक्ष, जितेन्द्र निवर्तमान वरिष्ठ उपाध्यक्ष र सुरेन्द्र निवर्तमान उपाध्यक्ष हुन ।
सुरेन्द्र होटल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन । राजनितिसंग जोड्ने हो भने जितेन्द्र नेपाली कांग्रेस र सुरेन्द्र एमालेको नगर कमिटि अध्यक्ष नै हुन भने मनिषको पारिवारिक पृष्ठभुमि र आस्था पनि नेपाली कांग्रेससंगै जोडिन्छ । जितेन्द्र यस अगाडिको निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए भने सुरेन्द्र र मनिष प्रथम पटक अध्यक्षमा लडदै छन् । त्यस निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा आमनेसामने भएका मनिष र सुरेन्द्रको प्रतिस्पर्धा अध्यक्ष पदको भन्दा पनि बढि चर्चामा थियो ।
एक व्यापारीका अनुसार तिनैजना आ आफनो हिसावले तयारीमा जुटेका छन र धरदैलो तथा प्रतिष्ठानहरुमा पुगेर मत माग्ने काम गरिरहेको भएपनि उम्मेदवारी पछिको रणनिती, समर्थन, माहोल र बन्ने समिकरणले निर्वाचनको दिशा तय गर्ने छ । चर्चामा रहेका अन्य पदहरु वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा पनि विभिन्न अगुवा व्यापारीहरु उम्मेदवारीको घोषणा गर्दै मैदानमा प्रचार प्रसारमा सक्रिय छन् ।