एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारीहरु चयन गरिएको छ । पार्टीलाई फुट बाट बचाउन र समावेशी बनाउन मतदान प्रक्रियामा नगई अध्यक्ष उपेन्द्रलाई सर्वाधिकार दिएर भएको पदाधिकारी र आयोगहरुको चयन सार्वजानिक गरिएको छ ।
पार्टीद्वारा जारी विज्ञप्ती अनुसार यस अघि पार्टीका सहअध्यक्ष रहेका लालबाबु राउतलाई महासचिवमा झारिएको छ थप एक महासचिवमा नवप्रवेशी रामकुमार शर्मालाई समेत चयन गरि दुईजना महासचिवको व्यवस्था गरिएको छ । राउत मधेश प्रदेशका प्रथम मुख्मन्त्री पनि हुन । पार्टीको सहअध्यक्षको जिम्मेवारी रकम चेमजोंगलाई दिइएको छ ।
त्यसैगरि पदाधिकारीमा लोसपाबाट जसपामा आएकी सुरिता साह कोषाध्यक्ष बन्न सफल भएकी छन् । चासो पुर्वक हेरिएकोहरुमा राजकिशोर यादवलाई उपाध्यक्ष, दिपक कार्कीलाई उपमहासचिव र मनिष सुमनलाई प्रवक्तामा चयन गरिएको छ । साथै थप २७ जना केन्द्रिय सदस्य थपिएको छ भने विभिन्न आयोगमा पनि पदाधिकारी र सदस्य चयन गरिएको छ ।
ह्ेर्नोस पार्टीको विज्ञप्ती