एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ : राष्ट्रिय मुक्ति क्रान्तिले आफना केन्द्रिय नेता थर्काएको भन्दै धनुषाका सिडिओ रामुराज कडरियाको विरोध गरेको छ । क्रान्तिका राष्ट्रिय संयोजक राजेन्द्र महतोले एक विज्ञप्ती जारी गर्दै आफना केन्द्रिय नेता राष्ट्रिय समिति सदस्य राजिव झालाई फोन गरेर गालीगलौज तथा धाकधम्की दिएको भन्दै सिडिओ कडरियाको क्रियाकलाप प्रति आक्रोस व्यक्त गरेको छ ।
सिडिओले नेता झालाई फोन गरेर गालीगलौज गर्नुका साथै २४ घण्टा भित्र थुनि दिन्छु भन्दै धम्काएको आरोल लगाउदै महतोले विज्ञप्तीमा भनेको छ, ‘लोकतन्त्र माथी नै प्रहार गर्ने यस्ता अराजक प्रशासक विरुद्व हुने संर्घषबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वयंम सम्बन्धित निकाय नै हुनेछ ।’
धनुषा निवासी संजिव झाको काम मालपोल कार्यालय धनुषाका प्रमुख विष्णु प्रसाद सिटौलाले कुनै पनि कारण नदेखाई सात महिना देखि गर्न नमानेपछि नेता झाले सिटौलालाई सो काम किन भइरहेको छैन ? भन्ने विषयमा बुझेपछि समान्य नोकझोक भएको थियो । त्यसपछि मालपोत प्रमुख सिटौलाको आग्रहमा सिडिओले अनाहक नेता झालाई धम्काउने काम गरेको विज्ञप्तीमा उल्लेख छ ।