एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ : जनकपुरधामको युवाहरुमा चर्चित श्री महाविर युवा कमिटिको ५७ औं साधारणसभा सप्तरीको एतिहाँसिक प्रसिद्व माँ छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ । जनकपुरधामको सैयौं युवाहरुको व्यापक उपस्थितीका बिच कमिटिको साधारणसभा विभिन्न निर्णय र सुझावहरु सहित सफलता पुर्वक सम्पन्न भएको कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले बताएका छन् ।
जनकपुरधामको मुख्य शक्तिपिठ माँ राजदेवी मन्दिरको सम्पुर्ण व्यवस्थापन र विजयादशमीमा लाग्ने भव्य चर्चित दशैं मेलाको आयोजन गर्ने कमिटिले देशका विभिन्न शक्तिपिठहरुमा आफनो साधारणसभा गर्ने गरेका छन् । म महासचिव हुँदा जनकपुरधामको व्यापक युवाहरुको उपस्थितीमा मनकामना माई गएर साधारणसभा गरेको थिए, गुप्ताले भने, ‘५७ औं साधारणसभा माँ सखडा भगवतीको प्राङ्गणमा सफलतापुर्वक गरेका छौं ।’
उनले मधेशको मुख्य शक्तिपिठहरु सहितका विभिन्न धार्मिक पर्यटनका केन्द्रको विकास, सौन्दर्यकरण र व्यवस्थिकरण गर्न सकिए मधेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । साधारणसभाबाट महासचिव चन्दन नागवंशीको सांगठनिक र कोषाध्यक्ष चन्दन राज शर्माको आय व्यय विवरण सहितको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
अध्यक्ष गुप्ताले कमिटिको विधान, नियम निष्ठा र अनुशासन विपरित काम गरेका केहि पदाधिकारी र सदस्यलाई कारवाहि समेत गरिएको र साधारणसभाबाट पारित भएको बताए । सो अवसरमा कमिटिका पुर्व अध्यक्ष तथा पदाधिकारीहरु, जनकपुरधाम उद्योग बाणिज्य संघका वर्तमान, पुर्व पदाधिकारी तथा अगामि निर्वाचनका विभिन्न पदका उम्मेदवारहरुको पनि बाक्लो उपस्थिती थियो । सो अवसरमा छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष युवा नेता विद्यानन्द चौधरीको विशेष उपस्थिती रहेको थियो ।