एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ : धनुषा सिरहालाई जोडने हुलाकी राजमार्गको मुख्य मेरुदण्ड मानिएको बहुप्रतिक्षित कमला पुल निर्माणका लागि दबाब दिने उद्देश्यले मधेश सरकारको प्रशासनिक भवन अगाडि मंगलवार देखि सुरु भएको आमरण अनसन बुधवार दोस्रो दिन पनि जारी छ ।
सिरहाका १० जना वडा अध्यक्ष, प्राविधिक, ईन्जिनियर सहितका युवाहरुको अनसनमा एक्यवद्वता बाक्लिदै गएको छ । दोस्रो दिन आमरण अनसन पुगेका राष्ट्रिय मुक्ति क्रान्तिका युवा नेता संजय चौधरीले कमला पुल सदियौं देखिको प्रतिक्षित रहेपनि बन्न नसकेकोमा दुःख व्यक्त गरे ।
क्रान्तिको राष्ट्रिय समिति सदस्य चौधरीले मधेशको हुलाकी सडक बन्यो भन्ने महेन्द्र राजमार्गको विकल्प हुने र मधेशमा थप एक प्रभावकारी सहजता र सुगमता उपलब्ध हुने भएकाले राज्यले कहिल्यै पनि बनाउन नचाहेको र बनेको पनि भत्किदा शासकहरु खुसीनै रहेको बताए ।
नेकपा एसका नेता तथा प्रदेश सांसद रत्नेश्वर लाल गोइत आफना नेताहरु सहित अनसनमा समर्थन जनाउदै मुख्यमन्त्री र भौतीक पुर्वाधार मन्त्रीलाई आफुले समस्या समाधानका लागि दबाब दिइरहेको बताए । मुख्यमन्त्री तथा मन्त्री परिषदको मुख्य प्रवेशद्वारा अगाडि टेन्ट पण्डला बनाएर सिरहा नगरपालिकाका ८ र औरही गाँउपालिकाका दुईजना वडा अध्यक्ष सहित कुल दश जना युवाहरु आमरण अनसनमा बसेका छन् ।
अनसन बस्नेहरुमा संर्घष समितिका संयोजक तथा कर्मचारी समेत रहेका ई. प्रवीण कुमार यादव, सिरहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समसाद आलम, शैलेष यादव, भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईन्द्रजित यादव, औरही गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र यादव, औरही गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष जीवछ प्रसाद यादव, शिवशंकर यादव, मनिष कुमार यादव, रुपेश कुमार यादव छन् ।
उनीहरुले संघिय सरकार मधेशको लाइफ लाइन हुलाकी राजमार्ग र त्यसको मुख्य एक स्तम्भ मानिएको कमला पुल बनाउन संघिय सरकार उदासिन देखिएकाले मधेश सरकारलाई दबाब दिन आमरण अनसन थालिएको बताए । पहाड र चुरे बिनाश गरेर रातारात पहाडी राजमार्ग बनाउने सरकार ढलेको पुललाई अव मर्मत गर्ने, प्रक्रिया पुरयाउने सहितको बाहानामा कमला पुल बनाउन नचाहेको उनीहरुको आरोप छ ।
एता मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाबाट जुलुस सहित आएका अभियानीहरुले आफुलाई एक साता पहिला ज्ञापन पत्र बुझाएकै दिन मन्त्री परिषदको निर्णय सहित संघिय सरकारको जिम्मामा रहेको कमला पुल निर्माणको मांग गर्दै संघिय भौतीक पुर्वाधार र प्रधानमन्त्री कार्यालयमा पत्र पठाइसकेको जानकारी गराउदै एति सक्रियताका बाबजुद पनि आमरण अनसन हुनु प्रचारवाजी र चर्चा कमाउने काम मात्र रहेको बताए ।
उनले हुलाकी सडकमा पर्ने कमला पुल निर्माणको जिम्मा संघिय सरकारको रहेको र सो अनुपातको बजेट प्रदेश सरकारले एकै पटक दिन नसक्ने पनि भएकाले आफुहरु प्रयास गरिरहेको र संघिय सरकार उदासिन देखिए आफै पुल बनाउन पनि के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश भौतीक पुर्वाधार मन्त्रालयको नेतृत्वमा समिति समेत बनाइसकिएको अनसन स्थल पुगेका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवले बताए । यादवले तत्कालै यो अनसनको कुनैपनि औचित्य नरहेकाले तत्काल स्थगित गर्न अनसनकारीहरुलाई आग्रह गरेका थिए ।