एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी माथी गम्भिर आरोप लगाएका छन् । जनकपुरधाममा एक होटलमा आयोजित नेपाल भारतको सम्बन्ध बारे एक कार्यक्रममा उनले भनेका छन, ‘किसानहरुले बोकेको एकआध बोरा मल तुरन्त हेरेर पक्रने प्रहरी रातारात हुने तस्करी थाहा पाउदैनन् ।’
मुख्यमन्त्रीको सो भनाईले थाहा हुन्छ मधेश प्रदेशका कार्यकारी प्रमुखलाई यहाँको प्रहरी प्रशासनले कति सम्मान र टेरेको छ, भनेर । मधेशको नेतृत्वकर्ता मुख्यमन्त्री सिंहको भनाईले मधेशमा नेपाल भारत सिमामा खटने प्रहरीको कर्तुत उदांगो पारिदिएको छ ।
उनले भनेका छन, ‘रातोरात गाडीको गाडी तस्करी हुन्छ, सरकारलाई आउनुपर्ने रेभिन्यु पनि गुम्दै गएको तर के गर्ने आफनो प्रहरी प्रशासन छैन, केहि गर्न सकिदैन ।’ प्रहरी प्रशासन केन्द्रिय पावर र पहुँचको आधारमा तस्करी गर्न लगाएर असुली गरिरहेको मुख्यमन्त्री सिंहको संकेत छ ।