एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ : नेपाली कांग्रेसका बौद्विक नेता तथा पुर्व अर्थमन्त्री महेश आर्चायले पार्टी सभापतिमा निर्वाचित भएपछि पनि गुट चलाउने नेताहरुको नेतृत्वले देश निकास नपाउने दावी गरेका छन् । उनले कांग्रेस र एमालेको बहुमतको सातबुँदेले प्रजातन्त्र बलियो नहुने र देशलाई निकास पनि दिन नसक्ने बताए ।
प्रजातान्त्रिक विचार समाज धनुषाले जनकपुरधाममा आयोजना गरेको मधेशमा प्रजातान्त्रिक मुल्य मान्यताको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले पार्टी भित्र विरोधका कुनै पनि स्वर सुन्न नचाहने शेरबहादुर देउवा, केपि शर्मा ओली, प्रचण्ड जस्ता नेताहरुले देशलाई स्थिर बनाउन नसक्ने भन्दै बंगलादेश बन्ने डर सम्म रहेको औंल्याएका छन् ।
वास्तिवक र सार्थक नेतृत्वले आलोचक र विरोधीलाई छेउमा राख्नुपर्दछ, उनले भने, तर तिन शिर्षनेताहरुको जुल रबैया देखिन्छ, पार्टीहरुमा प्रजातन्त्रको अभ्यास र मर्म कतैपनि देखिदैन ।’ पुर्व बन मन्त्री समेत रहेका उनले चुरे र पर्यावरण बिनाशका कारण तराई मधेशमा भइरहेको क्षती र उत्पन्न हुने संकटले राजनितिक दल र नेताहरुलाई पनि संकटमा पार्ने बताए ।
भारतमा जन्मेर मधेशका पलाएको हुर्केर जवान भएको कांग्रेस मधेशमा पुर्नआगमण नगरे सम्म बाच्न गा¥हो रहेको उनको तर्क छ । मधेशमा पानीको हाहाकार, बेरोजगारी, बाँझो खेत र कृषि बिनास यि सबै कुरा समाधान नभए सम्म प्रजातन्त्रको अनुभुति हुन नसक्ने उनको जिकिर छ । यो देश हिन्दु, बौद्व र किरात धर्माबलम्बीहरुको उदगम विरासत सहितको देश हो भन्ने हेक्का नेताहरुले राख्नुपर्ने उनको चेतावनी छ ।
कार्यक्रममा बोलेका कांग्रेस केन्द्रिय सदस्य तथा सांसद रामकृष्ण यादवले मधेशमा शिक्षा, स्वास्थ्य, कृषि र सिचाँईको बिकास बिना प्रजातन्त्रको कुरा गर्नु अशोभनिय रहेको बताए । प्रजातन्त्र सेनानी ललन चौधरी, महिला संघकी केन्द्रिय सदस्य निलु कर्ण, धनुषा सभापति योगेन्द्र पजियार सहितकले कांग्रेसमा प्रजातन्त्र भन्दा पछि पैसा, पावर र शक्तिको दबदबा रहेकाले प्रजातन्त्र संकटमा परेको बताए ।
सो अवसरमा समाजका केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्ले, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, पुर्व अध्यक्ष तथा संरक्षक डा. केदार नरसिंह केसी, बिश्लेषक चन्द्रदेव भट्ट, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री र समाजका धनुषाका अध्यक्ष नविन झाले आ आफनो धारणा राखेका थिए ।