एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलवार एकै पटक सबै आठ राज्यमन्त्रीलाई बर्खास्त गर्दा सराहना भइरहेको छ । यस अघि गत मंगलवार एकाएक पाँच राज्यमन्त्री नियुक्त गरेर मन्त्री परिषद २० सदस्सीय बनाएपछि आलोचित बनेका मुख्यमन्त्री सिंह ठिक एक सप्ताह पछि मंगलवार अहिले सम्म नियुक्त सबै राज्यमन्त्री हटाएका छन् ।
एमालेका तिन, कांग्रेस र जनमतका दुई/दुई तथा लोसपाका एक गरि कुल आठजना राज्यमन्त्रीहरु नियुक्त भएपछि कांग्रेस एमाले जस्ता ठुला पार्टीको आधारमा बनेको जनमतको सिंह नेतृत्वको सरकारको आलोचना व्यापकता पाएको थियो । सञ्चार माध्यम, युवा र जनतामा पनि आक्रोस बढदै गएपछि जनमतले गठबन्धनको सरकार रहेकाले आफुहरु बाध्यतावस राज्यमन्त्री नियुक्त गरेको बताएको थियो भने मुख्यमन्त्रीलाई स्पष्टिकरण समेत सोधेको समाचारहरु बाहिरएको थियो । यद्यपि स्पष्टिकरणको औपचारिक दस्तावेज भने कतै सार्वजानिक भएको थिएन ।
बर्खास्त हुने आठ राज्यमन्त्रीमा (तल तालिकामा) आलम, राय र थापा एमालेका, खंग र साह जनमतका, ठाकुर र रजक कांग्रेसका र यादव लोसपाका हुन ।
