एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ :
मधेस सरकारले जम्बो मन्त्रीपरिषद गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले बिरोधमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठकबाट मधेस सरकारको जम्बो मन्त्रीपरिषद बिरुद्ध ३ दिवसीय आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
साउन २८ गते सोमबार सिट्टी जुलुश, साउन २९ गते मंगलबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र साउन ३० गते धर्ना दिने कार्यक्रम राख्ने गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
जम्बो मन्त्रीपरिषद गठन गरेर मधेस सरकारले जनतामाथी आर्थिक भार बढाउने, आर्थिक अनियमिता, शिक्षा, स्वास्थ्य, कृषि र बेरोजगारी लगायतका बेथिति बिरुद्ध समेत उतरिने निर्णय गरिएको छ ।