एसपी रिपोर्टर
जनकपुरधाम, साउन १८ :
नेपाल थोपा सिचाइ प्रालिले ३० बर्षदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना संचालन गराउने अभियानमा सहभागिता जनाएको छ ।
शुक्रबार चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा अवस्थित नेपाल थोपा सिचाइ प्रालिले आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा सो कम्पनी आबद्ध कर्मचारीहरुले ५० वटा किताब खरिद गरेको सो कम्पनीको मल्चिङ्ग अपरेटर मिथलेश झाले जानकारी दिए ।
सो किताब खरिदबाट कृषि औजार कारखाना संचालन गराउने अभियानमा केही हदसम्म सहयोग पुगेको कम्पनीको मल्चिङ्ग अपरेटर झाले बताए ।
झाले देशको गहनाको रुपमा रहेको डा.पुनलाई सो कम्पनीले भव्य स्वागत गरेको समेत बताए ।
गत माघमा कारखानाले पहिलो चरणमा कृषकहरूका लागि आवश्यक साना औजारहरू बेल्चा, बन्चरो, कुटो, कोदालो, खुकुरी लगायतका उपकरणको उत्पादन सुरु गरेको थियो ।