एसपी रिपोर्टर
जनकपुरधाम, साउन १८ : विहिवार जनकपुरधामको गौरवको आयोजनाका रुपमा स्थापित राजर्षि जनक बिश्वविद्यालय (आरजेयू) को क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहिलो एतिहाँसिक नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेविसंघ कोषाध्यक्ष र एक सदस्य सहित दुई सिटमा मात्र जित्न सक्यो । कोषाध्यक्ष जितेर नेविसंघको प्रतिष्ठा बचाएको शिवशंकर महतो जितेर पनि उत्साहित छैनन् ।
सभापतिमा लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघका प्रवेश यादवले बाजी मार्दा अर्को महत्वपुर्ण सचिव पदमा एमाले निकट अखिलका राजु अधिकारीले बाजी मारे । नेपाली कांग्रेस र त्यसपार्टीका नेताहरुहरुको विशेष पहलकदमीमा स्थापित बिश्वविद्यालयमा नेविसंघको नेतृत्व सहित टिमै आउने चर्चा भएपनि अन्तिम समयमा सम्भव हुन सकेन ।

बिश्वविद्यालयका बेथिती विरुद्व एउटै अग्रणी मोर्चा बनाएर लडेको नेविसंघ निर्वाचनको पुर्वसन्ध्यामा फुटको धस्नामा धँस्यो । एमालेको अखिलबाट लडेर सभापतिमा ९६ मत पाएका रवि साह टिकट नपाएपछि अन्तिम समयमा आफु सहित एक टिमै लिएर अखिल प्रवेश गरे । शिवशंकर भन्छन, ‘साथीहरु एकाएक अर्को संगठनमा जान लागेपछि म अक्क न बक्क भए ।’
मलाई पनि हिन जाँउ भन्यो म सोच्नै सकिन, शिवशंकर थप्छन्, ‘ईच्छा सचिव भएपनि नेविसंघ थप समस्यामा नपरोप भनेर म कोषाध्यक्ष भएपनि माने ।’ उनले बिश्वविद्यालयको सर्वहित र गुणस्तरीय शिक्षाका लागि आफु काम गर्ने र नेविसंघको मान राख्ने बताए । आज साथीहरु एकै ठाँउ भएको भए दोहोरो मतान्तर सहित हामी जित्ने स्थिती थियो, उनले अगाडि भने ।

सभापतिमा लोविसंघका प्रवेश यादव १२० मत सहित विजयी हुँदा संयुक्त प्यानलका श्याम साह १११ मत सहित निटकतम, अखिलका रवि साह ९६ र नेविसंघका सभापति उम्मेदवार त्रिलोक यादव ७१ मत प्राप्त गरे भने जनमतका शशिकान्त मण्डल ३८ तथा अर्का एक उम्मेदवार प्रयास कौशिक ३ मत प्राप्त गरेका छन् ।
यस्तो छ प्रत्यक्ष तर्फ पदाधिकारी र सदस्यहरुले पाएको मत परिणाम



हेर्नोस समानुपातिक मत कस्को कति ?
