एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ :
जनकपुरधामको प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको पोषण पुनस्र्थापना केन्द्रमा बालबालिकाहरुका लागि दुई कोठे भवनको निर्माण गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकिकृत ग्रामीण समाज विकास समाज महोत्तरीले निर्माण गरेको दुई कोठे भवनको सो कक्षको उदघाटन मधेसका मुख्यमन्त्री सतिश सिंह तथा स्वास्थ्य मन्त्री शत्रुध्न सिंहले संयुक्त रुपमा गरेका हुन् ।
सो भवनको उदघाटन गर्दै मुख्यमन्त्री सिंहले यो भवन निर्माणले मधेसको स्वास्थ्य अवस्थामा सुधार ल्याउन टेवा पुग्ने बताए । उनले कुपोषित बालबालिकाहरुको उपचारका लागि भवन निर्माण गरिएकोमा सराहना गरे ।
वल्र्ड भिजनका अनुप राणाले मधेसको पोषणको क्षेत्रमा आफूहरु काम गर्दै आईरहेको जानकारी गराउँदै कुपोषित बालबालिकाको उपचारमा कुनै किसिमको बाधा नहोस अभिप्रायका साथ यो भवन निर्माण गरिएको बताए । यसका साथै उनले पोषण सम्बन्धि अधिकार प्रत्येक बालबालिकाको रहेकाले उनीहरुको अधिकार सुनिश्चित गर्नु नै आफूहरुको उद्देश्य रहेको बताए । वल्र्ड भिजनले सो भवनमा उपचारका लागि आएका बालबालिकाका लागि खेलकुद सामाग्री समेत सहयोग गरेको छ । सो कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, डा. विनोद यादव लगायतको उपस्तिथि रहेको थियो ।
सो भवनको निर्माण १९ लाख ५९ हजार ९ सय ५९ रुपैयाँमा गरिएको छ ।