एसपी रिपोर्टर
काठमाण्डौं, साउन ६ : नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले चर्चामा ल्याइएको र नुकाइएको भनिएको कांग्रेस–एमाले बिच भएको सहमती संसदमै वाचन गरि सुनाएका छन् ।
गोप्य राखिएको भनिएको सो सात बुदे सहमति आफु जस्ताको त्यस्तै पढन चाहेको भन्दै सभामुख संग अनुमती मागेर रोष्टममा प्रधानमन्त्री ओलीले पढेको ति सात बुँदे सहमतिको सारांश यस्तो छ :
१ : भ्रष्टाचार अन्त्य गर्न, सुशासन कायम गर्न संविधानको धारा ७६ को २ बमोजिम अन्य दलहरुको समेत सहभागितामा राष्ट्रिय सहमतीको सरकार निर्माण गर्ने
२ : बन्ने त्यस सरकारले सवल र दुर्वल पक्षहरुको समिक्षा गरि आवयश्कता अनुसार संविधान संसोधन गर्ने
३ : लगानीकर्ताका लागि बिश्वसनिय वातावरणमा देशमा व्यापार र रोजगारको अवस्थाको सृजना गरिने
४ : सुरुको दुई वर्ष एमालेका अध्यक्षको नेतृत्वमा त्यसपछि २०८४ मसिंरमा हुने निर्वाचन सम्म कांग्रेस अध्यक्ष देउवाको नेतृत्वमा सरकार चलाइने
५ : दुवै दल राष्ट्रिय सहमतिको सरकार सञ्चालनको आधार र न्युनतम साँझा धारणा तय गरि सरकार सञ्चालन गर्ने
६ : दुवै दल समान हैसियतमा सरकार चलाउने र अन्य दललाई पनि ल्याउन प्रयास गर्ने
र
७ :राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिब्रता दिने ।
प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ हेरौं