एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५ :
गौसंरक्षण मञ्चले राम मन्दिर तथा मन्दिर वरिपरी रहेका मन्दिरहरुको संरक्षण सम्बद्र्धन गर्न माग गरेको छ । मञ्चले गुठी संस्थानलाई ज्ञापन पत्र बुझाउँदै राम मन्दिर सरसफाईमा ध्यान पुर्याउनुका साथै मन्दिर वरिपरी रहेका भवनहरुको संरक्षण सम्बद्र्धन गर्न माग गरेको हो ।
मञ्चले बुझाएको ज्ञापन पत्रमा राम मन्दिर र परिसरलाई संरक्षण सम्बद्र्धन मर्मत आदि गरी सफा सुग्घर राख्ने व्यवस्था हुनुपने, राम मन्दिरको कम्पाउण्डमा रहेको पार्कलाई साविक अनुसार फुलवारीको रुपमा राख्न फूल विरुवा आदि रोपी सुन्दर बगैचाको निर्माण र व्यवस्थापन गर्न ठोस उपाय अवलम्बन हुनु पर्ने, राम मन्दिर अगाडी धनुष सागर पोखरीको डीलमा रहेको रामायण भवनको पुनः पौराणिकता झल्कने गरी मर्मत सम्भार जिर्णोद्धार गरी सौन्दर्यीकरण गर्नुपर्ने उल्लेख छ ।