एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : नेपाली कांग्रेस मधेश प्रदेशको संसदिय दलको बैठक सम्पन्न भएको छ । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा बसेको बैठककै क्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले फोन गरेर पुर्व सहमित अनुसार अर्थ मन्त्रालय सहित चार मन्त्रालय दिने र आजै सपथ ग्रहण हुने खवर गरेको समेत कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका संसदिय दलका नेता कृष्ण यादवले बताए ।
बैठक सम्पन्न भयो, बैठकले सरकारमा जाने भन्ने विषयमा निर्णय गर्ने अधिकार संसदिय दलका नेतालाई सुम्पेको छ र बैठककै क्रममा मुख्यमन्त्री ज्यूले अर्थ सहित चार मन्त्रीहरुको आजै पाँच बजे सपथ ग्रहण हुने खवर गरेको छ, यादवले एसपीखवरसंग भने ।