एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : संजोग नै भएपनि मधेश सरकारमा कांग्रेस नगएर संकट उत्पन्न भएकाबेला कांग्रेसका नेता विमलेन्द्र्र निधी र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विहिवार एकै विमानबाट मधेशको मुख्यालय जनकपुरधाम आएका छन् । विमानवाट उत्रेपछि पनि भलाकुसारीमै देखिएका दुवैजना विमानस्थलको विशिष्ठ कक्षमा आफनो संक्षिप्त प्रतिक्रिया दिदै मधेश सरकारका बारेमा आ आफनो फरक धारणा राखेका छन् ।
कांग्रेस अर्थ मन्त्रालय बिना मधेश सरकारमा जान मानिनरहेको अवस्थामा अव समाधान के ? भन्ने प्रश्नमा निधीले भने, ‘कुनै मन्त्रालय ठुला कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।’ यद्यपि आजै कांग्रेसको संसदिय दल मधेशको बैठक बस्दै छ र अर्थ मन्त्रालय दिन मानिनरहेको अवस्थामा वर्तमान सरकारलाई के गर्ने ? भन्ने विषयमा कांग्रेस निर्णय गर्ने कार्यक्रम छ । कांग्रेसले मधेश सरकारलाई दिइरहेको सर्मथन फिर्ता गर्न सक्ने सम्मको निर्णय लिन सक्ने चर्चा छ ।
कांग्रेसका पुर्व उपसभापति निधीले ओली नेतृत्वको सरकारलाई आफुहरु खुबै सहयोग गर्ने प्रतिक्रिया दिदै यो गठबन्धन चुनाव सम्म चल्ने दावी गरे । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भने फरक प्रतिक्रिया थियो । उनले भने, ‘जसपा नेपाल कुशल नेतृत्व मधेशमा देखाएकै हो, अव त मधेश मात्र होइन देशनै गम्भिर राजनितिक संकटमा देख्दैछु ।’
यादवले मधेशको एकमात्र विकल्प जसपा नेपाल रहेको कुरा सावित हुने बताए । उनले आफनै नेतृत्वको सरकार मधेशलाई चलाउन सक्ने संकेत गरे । देशमा भएको बिना तुकको गठबन्धनले देशमा समाधानका बदला समस्याको मात्र सृजना गर्दै जाने उनको धारणा थियो ।