एसपी रिपोर्टर
जनकपुरधाम, असार १ :
धनुषामा मुद्दा फर्छौटले तिव्रता लिएको छ । गत पांच वर्षको अवधिमा मुद्दा बढदै चालु आर्थिक वर्षमा ५५ प्रतिशत बढी फर्छौट भएको हो । आ.ब. ०७५÷७६ मा ४५.७४ प्रतिशत रहेको मुद्दा फर्छौटको संख्या चालु आ.ब.सम्म बढेर ५५.३१ प्रतिशत पुगेको छ ।
चालु आ.ब. को एक वर्षकै अवधिमा वर्षमा ५ हजार १ सय ७५ थान मुद्दा फर्छयौंट भएको जनाइएको छ । सोमवार जिल्ला अदालत धनुषाद्वारा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जिम्मेवारी सरेर आएका मध्ये ३ हजार १ सय ८४ र नयाँ दत्र्ता भएका मध्ये १ हजार ९ सय ९१ सहितको मुद्दाको फर्छौट भएको जानकारी दिइयो ।
धनुषा जिल्ला अदालतले पुराना बाँकी रहेको मुद्दाहरु अगामी आर्थिक वर्षमा फर्छयौंट गरेर अर्को आर्थिक वर्ष २०२–२०३ मा शुन्यमा झार्ने लक्ष्य सहित मुद्दाको सुनुवाई तथा फर्छयौट गर्ने पक्षमा अदालतले योजना सहित अगाडी बढेको जानकारी न्यायाधिश खड्काले दिए । जबकी पुराना जिम्मेवारी सरेर आएका मुद्दाको संख्या ४ हजार ६ सय १४ रहेको छ भने यस वर्ष नयाँ दत्र्ता भएको मुद्दाको संख्या ४ हजार १ सय ४१ रहेको छ ।
जरिवाना असुलीतर्फ १३ करोड २० लाख ५३ हजार ६ सय ७२ रुपैया जम्मा लगत रहेकोमा एक करोड १८ लाख १० हजार ६ सय ९७ असुल भएको छ भने कैद सजायतर्फ ६ हजार १७१ मध्ये हजार २१६ जनालाई कैद सजाय भएको जानकारी श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । जिल्ला अदालतमा पुराना र नयाँ दत्र्ता रहेको मुद्दाको संख्या ९ हजार ३ सय ५५ रहेको उनले बताए ।
उनका अनुसार देवानी मुद्दा अन्तर्गत बढी लेनदेनको मुद्दा रहेको छ । लेनदेनतर्फ १ हजार ८ सय २७ वटा रहेको छ भने दोश्रो संख्या अंश दत्र्ताको १ हजार ९९ रहेको छ । सम्बन्ध विच्छेदतर्फ ८ सय ७६ मुद्दा दर्ता भएको छ । यस्तै फौजदारी मुद्दातर्फ बैंकिङ्ग कसूरको १ सय १० दर्ता भएको छ भने ज्यान सम्बन्धी ९७ र ठगी सम्बन्धी ८६ मुद्दा दर्ता भएको जनाइएको छ ।
धनुषा जिल्ला अदालत साउन १ गतेवाट स्वचालित पेशी प्रणाली लागु गर्न लागेको जानकारी न्यायधिश खड्काले बताए । कार्यक्रममा उनले अदालतले सेवा ग्राहीलाई छिटो छरितो न्याय सम्पादन गर्नका लागि स्वचालित पेशी प्रणाली लागु गर्न लागेको धनुषा जिल्ला अदालतका न्यायाधिश चुडामन खड्काले जानकारी दिए ।