एसपी रिपोर्टर
जनकपुरधाम, असार २४ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह बिश्वासको मत लिनु भन्दा अगाडि नेकपा माओवादी केन्द्र, नेकपा एस, नाउपा र नेसपा गरि चार दलका छ मन्त्रीलाई पानीमै भिजेर भएपनि बर्खास्त गरे । त्यती मात्र गरेन कांग्रेसलाई अर्थ सहित चार मन्त्रालय दिने सहमती समेत गरेर प्रदेशसभामा बिश्वासको मत लिन सफल भए । तर बिश्वासको मत लिएको भोली पल्टै मुख्यमन्त्री सिंह सपथ ग्रहणको केहि मिनेट अगाडि पल्टी मार्दै अर्थ मन्त्रालय कांग्रेसलाई हुदैन भनेपछि विवाद चुलिएको छ ।
विवाद यहाँ सम्म कि कांग्रेस भएको सहमतीको एक ईन्च तलमाथि हुन नसक्ने बताउदै जनमत नसुध्रे बैकल्पिक सरकारका लागि अगाडि बढने बताउन थालेका छन् । कांग्रेसका मधेश सभापति कृष्ण यादवले पार्टी कार्यालय स्थित रुख मुनि भेला भएका नेताहरु बिच भने, ‘कांग्रेस स्वाभिमान र सम्मानसंग खेलवाड गर्न सक्दैन, मुख्यमन्त्रीले प्रदेश चलाउनु पर्छ न कि बाहिरका नेताले ।’ सांकेतिक रुपमा उनले मधेश सरकार डा. सिके राउतले चलाउन खोजेको र सरकार भन्दा पनि बजेटमा गिद्देनजर लगाउन थालिएको बताए ।
पार्टीका मधेश उपसभापति विरेन्द्र कुमार सिंहले जनमतले सहमती तोडे कांग्रेसको नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने सम्मको टिप्पनी गर्दै जिल्ला तर्फ लागे । यादवले भने, ‘यो मौसमी र षडयन्त्र तहत आएको जनमतको अडान हो, एमाले र कांग्रेस मिले आफुहरुको पत्ता साफ हुने डरले यो षडयन्त्र सुरु भएको हो ।’ ९ सिटबाला माओवादीले छोडेको अर्थ मन्त्रालय २२ सिटबाला कांग्रेसलाई हुन सक्दैन भन्नु अपमान जनक तर्क रहेको बताउदै उनीहरुले कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।