सोनु साह
जनकपुरधाम, असार २३ : एसईई परिक्षा २०८० उर्तिण गरेका रौनियार जातीका १६ जना छात्र÷छात्रालाई सम्मानित र पुरस्कृत गरिएको छ । रौनियार सेवा समिति जनकपुरधाम र रौनियार युवा मञ्च जनकपुरधामले सेवा समितिको धर्मशालामा संयुक्त रुपमा एक सम्मान कार्यक्रमको आयोजना गरि सम्पर्कमा आएका स्वजाती १६ जना एसईई उर्तिण छात्र÷छात्रालाई पुरस्कृत एवं सम्मानित गरेको छ ।
‘नगद राशी, कदरपत्र र मेडल सहित रौनियार मञ्चको आह्वान अवधीमा सम्र्पकमा आएका कुल १६ जनालाई हामिले सम्मानित तथा पुरस्कृत गरेका छौं, रौनियार युवा मञ्चका अध्यक्ष सन्तोष कुमार साहले बताए । सो अवसरमा १६ छात्र÷छात्रा मध्ये सबै भन्दा बढि जिपिए ल्याएर उतिर्ण गरेका पत्रकार पुरन साह रौनियार र रिंकु साहका सुपुत्र प्रतिक रौनियारलाई बिशेष मेडल र नगद राशी सहित सम्मानित गरिएको उनले बताए ।
प्रतिकले ३.९२ जिपिए सहित आफु अध्यन्नरत विद्यालय टप गर्दै उर्तिण भएका छन् । सो अवसरमा जनकपुरधामका मेयर मनोज कुमार साह, संरक्षक वरिष्ठ ई. चन्देश्वर प्रसाद रौनियार, सेवा समितिका अध्यक्ष राम प्रताप साह, पुर्व अध्यक्ष लालबाबु साह, अरुण कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष राधेश्याम गुप्ता, युवा मञ्चका पुर्व अध्यक्ष सुनिल साह, वर्तमान महासचिव पंकज कुमार आजाद, सम्मान कार्यक्रमका संयोजक रञ्जित कुमार गुप्ता र अभिभावकका तर्फबाट पत्रकार पुरन साहले आ–आफनो धारणा राख्दै उतिर्ण छात्र÷छात्रालाई बधाई ज्ञापन गर्नुका साथै अगामि दिनमा झनै मेहनत गरेर समाजको नाम उच्च गर्न शुभकामना दिएका थिए ।
यि हुन एसईई उर्तिण भई पुरस्कृत र सम्मानित हुने १६ छात्र/छात्रा