एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ : एमाले र माओवादीको सत्ता समिकरण हनिमुन समय पुरा नगर्दै एकाएक बनेको कांग्रेस एमालेको नयाँ सत्ता गठजोरले मधेशको राजनिति पनि स्वभाविक रुपमा तरंगित हुने देखिन्छ । दलिय तन्त्रमा केन्द्रिय सत्ता समिरकरणको सिधा प्रभाव प्रदेशमा पनि पर्ने भएकाले काठमाण्डौंमा बनेको नयाँ सत्ता समिकरण पछि मधेशको के होला ? भन्ने प्रश्न उब्जिनु पनि अस्वभाविक होइन ।
जसपा नेपालमा आएको फुुट र त्यसपछिको जसपा नेपालको सत्ता छाडने निर्णयले मधेशको कमाण्ड हत्याउन सफल भएका जनमत नेतृत्वको मधेश सरकारको एक महिना नपुग्दै पुनः नयाँ सत्ता समिकरणको चर्चाले जनमतको नेतृत्व अव के हुन्छ भन्ने जिज्ञासा पनि अस्भवाविक होइन । मधेश प्रदेशमा जनमतबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले शनिवार (भोली) बिश्वासको मत लिन लागेका छन् ।
मधेशको पहिलो दल नेकपा एमाले चौथो दल जनमत पार्टीको नेतृत्वलाई नै अगाडी बढाउने पक्षमा देखिन्छ भने कांग्रेस सकेसम्म आफै नभए नेतृत्वमा लोसपालाई प्राथमिकतामा राखेको बताइन्छ । एमालेका मधेश संसदिय दलका नेता सरोज कुमार यादवले मधेश सरकारलाई अस्थिरताबाट बचाउन र गलत सन्देश प्रवाहबाट रोक्न पनि तत्कालै जनमतको नेतृत्व परिवर्तण गर्न नहुने तर्क गर्छन भने स्वयम जनमत पार्टीका उपाध्यक्ष ई. बसन्त कुशवाहा समेत आफुहरु कांग्रेस–एमालेको नयाँ गठबन्धनमा जान तयार नै रहेको र मधेशको मुख्य मन्त्री एक मात्र सर्त रहेकाले आफुहरुनै निरन्तर रहनुपर्ने बताइरहेका छन् ।
शुक्रवार एमाले र जनमत पार्टी दुवै पार्टीका संसदिय दलका नेताहरु एउटै सवारीमा प्रदेशसभा पुगेका छन् । एता कांग्रेसले कसैको पक्षमा मुख नखोलेपनि उनले मधेशको नेतृत्व सम्भव भए आफै नभए लोसपालाई दिन चाहेको बताइन्छ । शुक्रवार संसदिय दलको बैठक बसेपनि शनिवार मुख्यमन्त्रीले लिन लागेको बिश्वासको मतदानमा के गर्ने ? जनमतलाई यथावत राख्ने कि आफुहरु संग चुनाव सम्म समेत मिलेर जान चाहेको लोसपालाई अगाडि सार्ने भन्ने विषयमा सहमती हुन नसकेको कांग्रेस स्रोतको भनाई छ ।
मधेशका अर्का शक्ति जसपा नेपाल पनि बन्न लागेको नयाँ गठबन्धनको विरोधमा नखुलेपनि मधेशमा आफना विरोधी र प्रतिस्पर्धी जनमतलाई रोक्न कसरत गर्ने देखिन्छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बन्न लागेको नयाँ संघिय सरकारलाई सर्मथन गर्ने बताइसकेका छन् । जनमत राक्ने अवस्था आएमा कसैलाई पनि सहयोग गर्न सक्ने संकेत गर्दै यद्यपि वतर्मान मुख्यमन्त्रीलाई बिश्वासको मत नदिने जसपाको स्पष्ट धारणा छ ।
मधेश सरकारको नेतृत्व एमाले र कांग्रेसको सहमतीमा भर पर्नेछ । दुवै दल सहमती गरेर पालैपालो गर्न चाहे उनीहरु ऋाफै नभए त्याग गरि मधेश केन्द्रित शक्तिलाई नै मधेशमा निरन्तरता दिने पक्षमा दुवै दल उभिएपनि कसलाई दिँदा राम्रो भन्ने विषयमा भने दुवै दल बिच मतभेद हुने देखिन्छ । यद्यपि कांग्रेस एमालेसंगको समिकरणलाई केहि दिन परिक्षण गर्ने रणनितीमा समेत जाने भएकाले जनमतलाई नै यथावत राख्नुपर्ने एमालेको प्रस्तावमा अड्डी कस्ने सम्भावना पनि न्युन रहेको कतिपयको बुझाई छ ।