एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
मधेश प्रदेशका जिल्लाहरूमा शिक्षाको स्तर दिन प्रति दिन खस्किरहेकाले चिन्ता व्यक्त गरेका छन् । मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले शनिबार जनकपुरधाममा आयोजना गरेको “विद्यार्थी भर्ना तथा टिकाउ दरसम्बन्धी चुनौती र समाधानका उपाय” विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुनु चिन्ताको विषय रहेको बताए । उनले मधेश प्रदेशमा धेरै बालबालिका विद्यालय बाहिर रहनु अर्को चिन्ताको विषय भएको बताउँदै सबै मिलेर विद्यालय बाहिरका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने तथा टिकाउने तर्फ केन्द्रित हुनु आवश्यक छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले मधेसको शैक्षिक स्तरलाई उकास्न प्रत्येक प्रदेशसभा सदस्यले कम्तीमा एक विद्यालयको अभिभारालाई त्यसलाई नमुना विद्यालयको रुपमा विकास गर्ने लक्ष्य लिनुपर्ने बताए । उनले महिनौसम्म तलब नपाएर पनि शिक्षकहरुले विद्यार्थीहरुलाई पढाई रहेका हुन्छन् त्यसमध्ये उत्कृष्ट अध्यापन गराउने शिक्षकहरुलाई पुरस्कृत गर्ने परिपाटीको शुरुवात गर्नुपर्ने बताए । यी साना साना विषयहरुलाई ध्यान पुर्याए मधेस अझैपनि शिक्षाको क्षेत्रमा अगाडी बढ्न सक्ने दावी उनले गरे ।
कार्यक्रममा मधेसका प्रदेशसभा सदस्यहरु कञ्चन विच्छा, चन्दन सिंह, मुख्यन्यायधिवक्ता सुरेन्द्र महतो, निति तथा योजना आयोगका उपाध्यक्ष सोहन साह लगायतको उपस्थिति रहेको थियो ।