एसपी रिपोर्टर
जनकपुरधाम, असार १० :
गाउँपालिका अध्यक्षले मनोमानी हिसाबले निति तथा कार्यक्रमसंगै बजेट ल्याउन लागेको भन्द लक्ष्मिनिया गाउँपालिकाका वडाध्यक्षहरुले निति तथा कार्यक्रम अवरुद्ध पारेका छन् ।
असार १० गते भित्रै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार लक्ष्मिनिया गाउँपालिकामा बजेट ल्याउने कार्यक्रम तय गरिएको थियो । तर गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले मनोमानी हिसाबले बजेट ल्याउन लागेको भन्दै वडाध्यक्षका साथै बहुमत कार्यपालिका सदस्यहरुले निति तथा कार्यक्रम बिरुद्ध उभिएका हुन् ।
वडा नम्बर ७का वडाध्यक्ष गंगा साहले अध्यक्ष मिश्रले आफूहरु संग सरसल्लाहै नगरी बजेट ल्याउन लागेको अरोप लगाए । उनले कार्यपालिकाबाट निर्णय नै नगरी अचानक असार ६ गते योजनाहरु ८ गते भित्र पेश गर्न भन्दै अध्यक्षले पत्र काटे, साथै वडालाई कति बजेटको सिलिंग गरिएको भन्ने विषयमा जानकारी नगराएकाले आफूहरु बहुमत कार्यपालिका सदस्य निति तथा कार्यक्रमको बिरोधमा उतरिएको जानकारी दिए ।
यस अघि निति तथा कार्यक्रम पूर्व १५ दिन अगावै कार्यपालिकाको बैठक बसेर निति तथा कार्यक्रमको विषयमा निर्णय गरिन्थ्यो तर त्यो परिपाटी वर्तमान अध्यक्षले तोडेको वडा नम्बर ३का वडाध्यक्षले तोडेको आरोप लगाए । उनले आफूहरुलाई समय नै नदिई योजना पेश गर्न भनिएपछि निति तथा कार्यक्रम र बजेट ल्याउन दिने वातावरण बिग्रिएको उनले बताए ।
तर अध्यक्ष मिश्रले वडाध्यक्षहरु कामै नभएका योजनाहरुको भुक्तानीका लागि दवाब दिदै आएको र आफूले सो नगरेपछि निति तथा कार्यक्रम अवरुद्ध पारेको आरोप लगाए । मिश्रले वडाहरुमा गैरकानूनी रुपमा भर्ना गरिएका कर्मचारीहरुको तलब समेत निकासा गर्न दवाब दिईरहेको बताए । अध्यक्ष मिश्र कांग्रेसबाट निर्वाचित भएका थिए भने कार्यपालिकामा अल्पमतमा रहेका छन् ।
यसैबीच, पहिला तय गरिएको स्थानमा परिषद् बैठकमा अवरोध सृजना भएपछि गाउँपालिका अध्यक्ष मिश्रले गाउँपालिकाको सभाहलमा बैठक सुरु गरेका थिए । यता बैठक सुरु भएको थाहा पाएपछि वडा अध्यक्षहरूले त्यहाँ पुगरे पनि विरोध जनाएका थिए । गाउँपालिकाको मुख्य ढोकामा ताला लगाएर परिषद् बैठक गरेको भन्दै वडा अध्यक्षहरूले विरोध जनाएका थिए ।