एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ : जनकपुरधाम भन्ने वितिकै अव जानकी मन्दिरको दर्शन मात्र होइन साँझ हुने गंगा आरतीको पनि स्मरण गरिन्छ । गंगा आरती आन्तिरक पर्यटकका लागि मात्र होइन बाहिरी पर्यटकहरुलाई समेत जनकपुरधाममा कम्तिमा एक रात रोकेर मधेशको राजधानी जनकपुरधामको अर्थतन्त्रमा टेवा पु¥याउन थालेको छ ।
जनकपुरधामको मुख्य धार्मिक तथा पर्यटनको आकर्षणको केन्द्रको रुपमा प्रचार प्रसार हुदै गएको महागंगा आरती एक दशक पुरा गरि अर्को दशकमा वर्षमा प्रवेश गरेको छ । २०७० फागुन ११ गते जनकपुरधामका अगुवाहरुको अग्रसरतामा यहाँको एतिहाँसिक गंगा सागर सरोवरको सफाई सुरु भई शेभ द हिस्टोरिकल जनकपुरधाम नामक संस्थाको गठन भएर २० ७१ साल जेठ २५ गते गंगा दशहराका दिन देखि सुरु भएको गंगा आरती जनकपुरधामको दोस्रो मुख्य आकर्षणको केन्द्र बन्न सफल भएको छ । यस्ले जनकपुरधामको पर्यटन विकास र अर्थतन्त्रमा पनि योगदान दिन थालेको छ ।
गंगा आरतीका आरम्भ कर्ता पुर्व पत्रकार तथा मधेश प्रदेशसभा सदस्य रामअशिष यादव सुरुमा लिईएको संकल्प र अहिलेको प्रगतीमा भने आफै सन्तुष्ट छैनन । उनको अनुसार यो एक आरतीका लागि मात्र नभई समग्र ५२ कुट्टी ७२ कुण्डाको शहर अर्थात जनकपुरधामको सम्पुर्ण ७२ पोखरीको संरक्षण तथा सौन्दर्यकरणका लागि अभियान सुरु गरिएपनि राज्यले साथ र सहयोग नगर्दा सफल हुन नसकेको बताउछन् ।
यादवका अनुसार अझै गंगा आरतीको दैनिक आम्दानी भन्दा खर्च बढि छ तर पनि स्थानियवासी र दाताको सहयोगले जेनतेन निरन्तर चलिरहेको छ, सरकारहरुको उपस्थिती न्युन छ । गंगा आरतीका अर्का आरम्भकर्ता तथा मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले पनि आफुहरुको त्यो वृहतर सोँच र संकल्प पुरा हुन नसकेपनि गंगा आरतीका कारण जनकपुरधाम बारे पर्यटकका साथै देश तथा विदेशमा पर्न गएको सकारात्मक छापबाट आफुहरु खुसी भएको बताउछन् ।
शेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष राजकुमार महासेठले राज्यले सहयोग गरे र तिनै तहको सरकारको अपनत्व भएको खण्डमा यो आरतीको प्रभाव फैलिएर जनकपुरधामनै जगमग हुने बताए ।
गंगा आरती हेर्नकै लागि पर्यटक कम्तिमा एक रात बस्न थालेको छ, मधेश आन्दोलन र कोरोना महामारीका कारण चिन्तित होटल र स्थानिय व्यवसायी उत्साहित छन, जनकपुरधाम पनि परितर्वण हुन लागेको सुचना प्रवाह भएकै हो हामि खुसी छौं उनले भने । गंगा आरतीमा नेपाल, भारत सहित जनकपुरधाम आउने विशिष्ठ पाहुनाहरु पनि सहभागि हुन थालेका छन् ।
दैनिक यहाँका सैयौं स्थानियहरु समेत आफनो कामकाज छाडेर एक छिन धार्मिक दर्शन र रमाईलो गर्न यहाँ पुग्ने गरेका छन् । गंगा आरतीमा स्थानिय अपनत्व महशुस हुने शब्द र धुन सहित बज्ने गितहरुले स्थानियलाई तान्न थालेको छ । त्यसैले गंगा आरती अव जनकपुरधामको पहिचान र परिचय बन्दै गएको छ भन्दा फरक नपर्ला ।