एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता प्राप्तीका लागि गरिरहेको लगातारको उलटफेरले राजनिति अपराधीकरण तर्फ अग्रसर भएको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री कहिले कांग्रेस कहिले एमालेलाई बाध्य पारेर गरिररहेको सत्ता आरोहण कुर्सीका लागि मात्र भएको बताउदै त्यस्ले राजनिति पराधिकरण तर्फ गइरहेको र दोषि राजनितिज्ञहरु नै रहेको बताए ।
राजनितिक स्थिरता बिना सु्शासन हुन नसक्ने र सुशासन नभए आर्थिक विकास हुन नसक्ने बताएका छन् । देशमा रहेको सात प्रदेश र एक संघिय गरि कुल आठ सरकार डेढ वर्षमा २३ पटक फेरिएको बिडम्वना पुर्ण स्थिती देशमा रहेको बताउदै उनले जति सुकै बजेट ल्याइएपनि राजनितिक स्थिरता बिना आर्थिक विकास र स्मृद्वि असम्भव रहेको दावी गरे ।
सो अवसरमा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णलाई डा. कोईरालाले अविर र माला लगाएर स्वागत गरेका छन् ।