एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३२ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई समावेशी बनाउन र राष्ट्रिय चरित्रको बनाउन पदाधिकारी र सदस्यहरु सर्वसम्मत गर्ने बन्द सत्रले आफुलाई एकाधिकार दिएकोे बताएका छन् ।
जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष यादवले निर्वाचन हुँदा मुख्य आधार क्षेत्र मधेशको मात्र प्रतिनिधीत्व अधिकांश आउन सक्ने देखेपछि राष्ट्रिय रुपमा अगाडि बढेको पार्टीको चरित्र सार्थक गर्न र समाबेशी टिम बनाएर मात्र जानुपर्ने म्यान्डेड अनुसार वाँकी पदाधिकारीहरुको समेत निश्र्षक सहमती बाटै लगाईनु पर्ने आवाज नेता कार्यक्रताहरुको उठेपछि यस्तो निर्णय गरिएको बताए ।
मधेश र मधेशी सहित पिछडिएका वर्ग समुदायलाई उपनिवेशबाट मुक्त गर्न र हक अधिकार दिलाउन अग्रसर पार्टी जसपा माथी अनेकानेक पटक विभिन्न प्रहार भएपनि बहादुर नेता कार्यक्रता बचाउन सफल भएको भन्दै महाधिवेशनको बन्द सत्रको निर्णय पनि त्यसैको एउटा प्रमाण रहेको उनको तर्क थियो ।
निर्वाचन भएको अवस्थामा मधेश र त्यसमा पनि केहि सिमित जातीको मात्र पदाधिकारी र सदस्यहरु निर्वाचित भएर पार्टी पुनः फुट्न गई पार्टीको भविष्य धुम्लिने सम्भावना देखेर जसपा नेपालका शिर्षनेताहरु निर्वाचनमा जान हिच्किचाएपछि निर्वाचन स्थगित भएको हो । यादवले छिट्टै समावेशी आधारमा पदाधिकारी र सदस्यहरुको चयन गरि कार्यसमिति चयन हुने बताए ।