FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


वृद्ध झालाई सेनाले नांगै बनायो, श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका थिए

अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर सिडिओको अनुमतिविनै सडकमा सेना


वृद्ध झालाई सेनाले नांगै बनायो,   श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका थिए

काठमाण्डौं, जेष्ठ ५ : आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ ।

राष्ट्रिय सुरक्षा हेर्ने जिम्मा सेनाको हो, शान्तिसुरक्षा हेर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अर्धसैनिक र सैनिक फौज परेड खेलिरहेको छ । तर, सरकारले भर्खरै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी पोस्ट स्थापना गरेको छ । सिमानामा सशस्त्र प्रहरी पठाएर काठमाडौंको सडकमा सेना किन निस्किएको होला ? घनश्यामजस्ता धेरै नेपाली आश्चर्यमा परेका छन् ।

तर, देशको प्रचलित कानुन, अभ्यास र नागरिकको सरोकारलाई मतलब नगरी लकडाउन सफल पार्न सैनिक सडकमा उतारिएको छ । राजधानीका अन्य चोकमा जस्तै कालिमाटीमा पनि कलम र रजिस्टर समातेका सैनिक सडकमा गुडिरहेका सवारीसाधनको सूची बनाइरहेका छन् ।

१२ वर्षे छोरालाई पछि लगाएर हस्याङफस्याङ गर्दै दौडिरहेका घनश्यामलाई कालिमाटी चोकमा उभिएका सैनिकले रोके । उनलाई र्डोयाउँदै कालिमाटी तरकारी तथा फलफूल बजारसँगैको फुटपाथमा लगे । अनि उनले लगाएको पोसाकको विषयमा केरकार सुरु भयो । घनश्यामले सैनिकको जस्तो देखिने हाफसर्ट लगाएका थिए । पाइन्ट सामान्य रंगको थियो । उनी सैनिकजस्तो देखिने गरी हिँडेका पनि थिएनन् । तर, सेनालाई ‘हाफसर्ट’ आपत्तिजनक लाग्यो । उनले सर्ट तत्कालै उतार्न आदेश दिए ।

घनश्यामले श्रीमती वीर अस्पतालमा भएको र आफू उनका लागि रगत लिन सोल्टीमोडस्थित ब्लडबैंक जान लागेको भन्दै ‘माफ’ गरिदिन ‘याचना’ गरे । उनले अस्पतालले ब्लडबैंकलाई लेखेको पत्र पनि देखाए । तर, सैनिकले सुनेनन । घनश्यामले लगाएको कमिज नागरिकले लगाउन नमिल्ने भन्दै उनीहरूले तुरुन्तै खोलेर बाटो लाग्न आदेश दिए । कानुन कार्यान्वयन गर्न सेनाले नागरिकलाई सडकको कुनामा लगेर केरकार गरिरहेको वेला नेपाल प्रहरीका अधिकारी भने टाढै बसेर टुलुटुलु हेरिरहेका थिए ।
यो सब के भइरहेको छ भन्ने नबुझेका घनश्यामले निन्याउरो स्वरमा भने, ‘सर, म ब्लडबैंकबाट रगत लिएर अस्पताल र्पुयाउँछु, अनि यो ‘सर्ट’ फुकालेर फाल्छु है ।’ तर बन्दुकधारी सैनिक गर्जिए, ‘खुरुक्क सर्ट फुकाल ।’

अब घनश्याम निरूपाय भए । उनले सर्ट खोलेर भुइँमा थपक्क राखे । अनि, हिँड्न खोजे । नागरिकको इज्जत सडकमै उतारेपछि सैनिक महोदयको चित्त बुझेन । उनले फेरि हकारे, ‘कहाँ हिँड्न खोजेको ? यो लुगा ऊ त्याँ परे डस्टबिनमा हाल्ने ।’

घनश्यामले सर्ट फेरि उठाए, डस्टबिनतर्फ अघि बढे । तर, सर्ट लिएर घनश्याम फरार होलान् जस्तो गरी सैनिकले पहरा दिइरहेका थिए । अलिक पर फोहोर फाल्ने टोकरी थियो । सैनिकले बन्दकुको नालले देखाएपछि घनश्यामले आफ्नो लुगा डस्टबिनमा फाले ।

बीचसडकमा ६७ वर्षीय घनश्याममाथि भएको यो दुर्व्यवहारको साक्षी बनिरहेका थिए उनका १२ वर्षीय छोरा । वृद्ध बाबुलाई बाटोमा साथ दिन आएका थिए बालक छोरा । तर, अनायसै यस्तो आपत आइपुग्ला भन्ने अनुमान थिएन । सडकमा सैनिक ज्यादती अवलोकन गरिरहेको मलाई सैनिकले के हो, किन फोटो खिचेको भनेर हप्काउने कोसिस पनि गरे । पत्रकार हुँ भनेर जवाफ दिएपछि उनले परिचयपत्र मागे । सूचना विभागको परिचयपत्र देखाएपछि नम्बर पनि नोट गरे । सडकमा उत्रिएर सैनिकले पत्रकारको परिचयपत्र जाँच गरेको राजा ज्ञानेन्द्रको निरंकुश शासनमा हो । तर, यो लोकतान्त्रिक गणतन्त्रमा शाहीकालको पुनरावृत्ति भयो ।
उता, घनश्यामलाई ब्लडबैंक जाने हतार थियो, सेन्डो लगाएका बाबुलाई छोराले पछ्याए । बाबुछोरालाई मैले पछ्याएँ । वेलावेलामा सुस्त हिँड्ने छोरालाई अत्याउँदै उनी रेडक्रसको ब्लडबैंक पुगे ।

०६९ सालमा घनश्यामलाई पनि हृदयघात भएको थियो । सरकारी शिक्षकको जागिर थियो । हृदयघातपछि उनले जागिर छाडे । परिवारमा उनीहरू तीनजना मात्र छन । ३० वर्षदेखि बाथ रोगले ग्रसित घनश्यामकी श्रीमती लीलादेवी आइतबार बिहानदेखि हिँडडुल गर्नै नसक्ने भइन । उनलाई बोल्नै पनि मुस्किल भयो । घनश्यामले मुस्किलले एम्बुलेन्स मगाए । स्युचाटारबाट श्रीमतीलाई वीर अस्पताल र्पुयाए । अस्पतालले भन्यो– हेमोग्लोबिन कम छ, तुरुन्तै रगत चढाउनुपर्छ । अस्पतालले चार पोका एबी पोजेटिभ रगत दिन सिफारिस गरिएको पत्र घनश्यामलाई थमायो ।

अस्पतालको पत्र बोकेर श्रीमतीका लागि रगत लिन सडकमा छोरालाई हिँडाउँदै घनश्याम कालिमाटीको सोल्टीमोडस्थित ब्लडबैंकतर्फ जाँदै थिए । बाटोमै सैनिकले लुगा खोलिदिएपछि पनि उनी ब्लडबैंक पुगे । काउन्टरमा पैसा पनि तिरे । तर, ‘ब्लड’ बोक्ने आइसबक्स उनीसँग थिएन ।

अस्पतालले नै त्यस्तो बक्स दिएर पठाउनुपर्ने हो, तर न अस्पतालले दियो, न घनश्यामलाई थाहा थियो । घनश्यामले त ब्लडबैंकका कर्मचारीले भनेपछि मात्र त्यस्तो भाँडो चाहिन्छ भन्ने थाहा पाए । ‘डाक्टरले तुरुन्तै रगत ल्याउनु भनेका छन, जसरी पनि रगत दिनुर्पयो,’ पसिनाले निथ्रुक भिजेका घनश्यामले भनिरहेका थिए, ‘लौन हजुर त्यो भाँडो किन्न पाइन्छ भने म तुरुन्तै किन्छु ।’ तर, त्यो उपाय केही थिएन ।

घनश्याम त्यही बाटो कलंकीस्थित सहिद मेमोरियल अस्पतालतर्फ दौडिए । जहाँ उनलाई वीर अस्पतालले दिएका केही नमुना परीक्षण गराउनुपर्ने थियो । सहिद मेमोरियल अस्पताल पुगेर घनश्यामले परीक्षण गराउनुपर्ने नमुना छाडे । उनको बसाइ स्युचाटार हो, त्यसैले यही मौकामा लुगा लगाउन त्यतै लम्किए । तर, स्युचाटारको चोकमा खटिएका सुरक्षाकर्मीले उनलाई रोकेर सोधे– नांगै किन हिँडेको ? सडकमा हिँड्दा कपडा लगाउनु भनेर पनि उनले उर्दी दिए ।

बिहानैदेखि भोकै हिँडिरहेका घनश्यामले घर पुगेपछि एक गिलास पानी पिए । हल्का पसिना पुछेर आकासे निलो रङको सर्ट लगाए । छोरालाई घरमै राखेर उनी छिमेकीको घरमा छिरे । पाँच हजार रुपैयाँ सापटी मागेर उनी फेरि वीर अस्पतालतर्फ दौडिए । अताल्लिएका घनश्यामले दिनभर लगाएको मास्क घरमै बिर्सेछन । चोकमा आइनपुग्दै प्रहरीले रोकेर फेरि भने– मास्क खोइ ? उनले गल्ती भयो भन्दै माफी मागे । अलिक पर मेडिकलमा किने ।

वीर अस्पताल फर्किंदै गर्दा अघि कालिमाटी चोकमा रहेको फोहोरको टोकरीमा घनश्यामले नजर र्पुयाए । उनले अचानक सोधे, ‘अघि यहाँ फालेको लुगा कता गयो ?’ ‘सेनाले लग्यो ।’ प्रहरीले झर्को मान्दै जवाफ दिए ।

घनश्याम वीर अस्पताल पुग्दा ८ बजिसकेको थियो । श्रीमती दिउँसो ३ बजेदेखि एक्लै थिइन । आकस्मिक कक्षको ३० नम्बर बेडमा छटपटाइरहेकी उनी श्रीमानलाई देखेपछि आशावादी भइन । तर ‘ब्लड त ल्याएको छैन’ श्रीमानको भनाइले श्रीमती फेरि झसंग भइन । उता श्रीमती पनि प्रश्न गर्छिन, ‘के भयो ? अघि अर्कै लुगा थियो, अहिले अर्कै ?’

उनले सैनिकले बाटोमा दुर्व्यवहार गरेको सुनाउन खोज्छन । तर, अस्पतालको आकस्मिक कक्षमै त्यस्तै रङकै लुगा लगाएको अर्को व्यक्ति देखेपछि घनश्याम आक्रोशित हुन्छन । ‘लगाउन त अरूले पनि लगाएका छन् त, चोरेर लगाएको हो र ? पसलमा बेच्न दिने, लगाउन नदिने ?’ उनी भुनभुनाउँछन । तर, उनको कुरामा ध्यान दिने फुर्सद कसैलाई छैन । विस्तृतमा सुनाउने फुर्सद स्वयं उनलाई पनि छैन ।

घनश्याम आएको देखेपछि स्वास्थ्यकर्मी आएर सोध्छन, ‘रगत खोइ ?’ भाँडो नै नदिएको भनेर घनश्यामले गुनासो गर्छन । उनले बाकस दिनोस, म ब्लड लिएर आउँछु भनेर अनुरोध गरे । ‘सात महिनाजति भयो अस्पतालले आइस बक्स नदिएको । लगेर हराउँछन,’ ब्लडबैंकले नै आइस बक्स दिनुपर्ने हो,’ स्वास्थ्यकर्मीको जवाफ सुनेपछि घनश्याम रन्थनिए । दुई हातले थाप्लो समाउँदै उनी श्रीमतीलाई राखिएको बेडमा थचक्क बसे ।

तर, उनलाई त्यसरी बस्ने सुविधा कहाँ थियो र ? फेरि हारगुहार गर्न थाले । ब्लड बोक्ने बाकस न अस्पतालले दियो, न ब्लडबैंकले । हारगुहार गर्दै बाहिर निस्किएका उनी करिब मध्यरात वीर अस्पताल फर्किए । यसपालि श्रीमतीको अगाडि उभिँदा उनको हातमा आइस बक्स थियो, बक्सभित्र ब्लड । तर, श्रीमतीलाई सञ्चो बनाएर घर फर्किन्जेल उनलाई राज्यका कुन–कुन निकायले अझै हुर्मत लिने हुन, जवाफ कसैसँग पनि छैन ।

सिडिओको अनुमतिविनै सडकमा सेना
शान्तिसुरक्षासम्बन्धी काममा सेना ब्यारेकबाट निस्कन कि सुरक्षा परिषदबाट निर्णय हुनुपर्छ कि स्थानीय प्रशासन ऐनअनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले अनुमति दिनुपर्छ । अहिले सेनालाई सडकमा निकाल्न सुरक्षा परिषद्ले कुनै निर्णय गरेको छैन । काठमाडौं जिल्ला प्रशासनले पनि अनुमति दिएको छैन । तर, राजधानीको चोकचोकमा सेनाले जाँच सुरु गरेको छ ।

ज्ञानेन्द्रको शासनकालपछि सेना सडकमा निस्किएर नागरिकका कागजपत्र जाँच गर्न थालेको यो पहिलोपटक हो । शान्ति–सुरक्षाको जिम्मा नितान्त रूपमा नेपाल प्रहरीको हो । सडकमा कसैले नियम–कानुन तोडेको छ भने जाँच र अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो । तर, सुरक्षा परिषद् र जिल्ला प्रशासनको निर्णयविना सेना सडकमा देखिनु आश्चर्यजनक भएको छ ।

शान्ति–सुरक्षाको काममा सेना सडकमा आएकोमा प्रहरी पनि असन्तुष्ट छ । उता, सेनाले भने ट्राफिक प्रहरीसँगको समन्वयमा चेकिङ गर्न थालेको बताएको छ । सेनाले आइतबार बानेश्वर, महाराजगन्ज, कालिमाटी र थापाथलीमा चेकजाँच गरेको छ ।

साभार : नयाँ पत्रिका : यो एक समाचार मात्र होइन, एउटा निर्धो नागरिकलाई राज्यले कतिसम्म लखेट्न सक्छ भन्ने सबैभन्दा कुरुप उदाहरण हो । ६७ वर्षीय घनश्याम झालाई बन्दुकको बलमा सेनाले सडकमै नांगो बनायो । राज्यका फरकफरक निकायले १२ घन्टामा १२ ठाउँमा हुर्मत लिए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

3 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

3 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

4 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

5 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy