एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा प्रदेश सांसद जितेन्द्र सोनलले नयाँ मधेश सरकार बिश्वासको मत लिए बिना निति तथा कार्यक्रम ल्याउन नसक्ने बताएका छन् । एसपी खवरसंगको कुराकानीमा सोनलले नितिगत रुपमा महत्वकांक्षी दिर्घकालिन योजनाहरु समेत निति तथा कार्यक्रममा हुने भएकाले प्रदेशसभाबाट अनु्मोदित सरकारले मात्र निति तथा कार्यक्रम र बजेट ल्याउन मिल्ने दावी गरेका छन् ।
निति तथा कार्यक्रममा बार्षिक, बहुबार्षिक र दिर्घकालिन सबै प्रकृतीको महत्वकांक्षी र गौरवाका आयोजना तथा नितिगत कुराहरु पनि हुन्छ, उनले भने, ‘भोली गएर सरकार बिश्वासको मत पाउन सकेन भने त्यसपछिको परिस्थितीको जिम्मा कस्ले लिन्छ ?’ सोनलले प्रतिनिधीसभामा कांग्रेसको त्यत्रो लामो अवरोध र विरोधलाई समाधान गरि बिश्वासको मत लिएर मात्र संघिय निति तथा कार्यक्रम र बजेट आएको, गण्डकी प्रदेश सभामा निति तथा कार्यक्रम र बजेटकै लागि चुनौती पुर्ण परस्थितीमा बिश्वासको मत लिने कार्य भएको स्मरण गराउदै मधेश सरकारले जबरजस्ती आफुखसी गर्न नमिल्ने बताए ।
‘नितिगत रुपमा अहिले प्रदेशसभाले यो सरकारलाई चिन्दैन अनि यो सरकारले निति तथा कार्यक्रम कसरी ल्याउँछु भन्न सकेको छ ?‘ बिश्वासको मत लिए मात्र बिश्वासिलो निति तथा कार्यक्रम र बजेट हुनेछ नभए अमान्य ।
सभामुखलाई आग्रह गरेका छौं वहाँले पनि कुरा ठिकै हो भन्नु भएको छ तर सत्ताधारीहरुले नमानि रहेको खबर हामिलाई छ, उनले थपे, ‘ निति तथा कार्यक्रममा प्रदेश प्रमुखको उपस्थिती हुने भएकाले सहमती खोज्न आग्रह गर्छौं ।’ यदि यस्तो गलत र कमजोर परम्परा जबरजस्ती लाद्दन खोज्ने काम भयो भने उत्पन्न हुने परिस्थिीको जिम्मेवारी सभामुख र मुख्यमनत्रीले लिनुपर्ने उनको चेतावनी थियो ।