एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्गले राजनितीमा स्वच्छ प्रतिस्पर्धा भएर दलहरुले एक अर्काको अस्तित्व स्वीकार गर्नुपर्नेमा आफनो अस्तित्वका लागि अर्काको पार्टी फोडनु गलत संस्कार भएको बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै उपसभापती गुरुङ्गले मधेशको हक अधिकारका लागि जसपा नेपालले देखाएको अग्रसरता र कुशल नेतृत्वलाई सार्थक गर्न महाधिवेशनबाट सो अनुकुलको नेतृत्व ल्याउनुपर्ने बताए ।
मधेश, पहाल र हिमालका जनता बिच सदभाव बढाउने किशिमले जनता समाजवादी पार्टी अगाडि बढिरहेको देखेर कांग्रेसलाई खुसी लागेको उनको कथन थियो । जसपा संग चुनौतीका चाँगहरु रहेको भन्दै चुनौतीहरुलाई सामना गर्दै अगाडि बढन शुभकामना दिदै उनले मधेशको हकहितका लागि कांग्रेसको साथ रहने बताए ।