एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका लागि आफुहरु लोसपा र जनमत सहितका पार्टीहरुसंग सहकार्यका लागि खुल्ला रहेको बताएका छन् । पार्टीमा भएको फुट र संघिय तथा मधेश प्रदेशको सरकारबाट बाहिरएकै बेला जेष्ठ २८ गते देखि हुन लागेको पार्टीको पहिलो महाधिवेशन सन्दर्भमा जनकपुरधाममा पे्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले जसपा एक्लै पनि संर्घष गर्न सक्ने हुदा हुदै मधेशको सवालमा संघियता र गणतन्त्र पक्षधर संग सहकार्य गर्न तयार रहेको बताए ।
महाधिवेशनले कस्तो निति लिन्छ ? फेरी पनि त्यै एमाले र माओवादी संग जाने कि जनमत र लोसपा संग पनि जान सकिन्छ ? भन्ने एसपी खबरको प्रश्नमा उनले यस्तो बताएका हुन । लोसपा र जनमत सहितका मधेश केन्द्रित दलहरु संग सधै खुल्ला रहेको भन्दै उनले यद्यपि आफुहरु एक्लै पनि सर्घष गर्न सक्ने क्षमता रहेको बताए ।
प्रधानमन्त्री भारत जान लागेको बेलामा भारत सहितका राजदुतहरु फिर्ता बोलाएर सरकारले गलत हर्कत गरेको उनको टिप्पनी थियो । मधेशका लागि छुुटयाइएको न्युन बजेटले वर्तमान सरकार मधेशको सत्रु जस्तै स्पष्ट भएको उनको धारणा थियो । जसपाको फुट र मधेश केन्द्रित दलसंग मुख्य दल भनिएकाहरुले गरिरहेको व्यवहार र प्रयोगले मधेश माथी निरन्तर दमनको प्रमाण दिइरहेको उनले बताए ।
पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका उनले जेष्ठ २८ गते हुने पार्टी महाधिवेशनको खुल्ला सत्रमा भारतको समाजवादी पार्टी, कांग्रेस आईका साथै विभिन्न दलका प्रतिनिधीहरुका साथ साथै मलेसिया, स्पेन सहितका दर्जनौ देशहरुबाट समाजवादी र लोकतान्त्रिक पार्टीका नेताहरु सहभागि हुन आइरहेको जानकारी समेत गराए ।