एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : शुक्रवार मधेश प्रदेश सरकारमा नयाँ मन्त्री परिषदको गठन भयो । जनमत पार्टीका प्रदेश सांसद सतिश सिंहको नेतृत्वमा १४ सदस्सीय नयाँ मन्त्री मण्डल गठन भएको छ । शुक्रवार मन्त्री परिषदका मुख्यमन्त्री र मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले सपथ ग्रहण गराइन् ।
एकै पटक पाँच महिला
संजोग भन्नु पर्छ, यस पटकको मन्त्री परिषदका एकै पटक एकैदिन पाँच महिलाले मन्त्री र राज्यमन्त्रीमा सपथ ग्रहण गरिन । नेकपा एसकी बेची लुंगेली उर्जा, सिँचाई तथा खानेपानी, नेपाल संघिय समाजवादी पार्टीकी विमला अन्सारी गृह सञ्चार तथा काननु र नागरिक उन्मुक्तिकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रीको रुपमा सपथ ग्रहण गरिन् ।
उनीहरु वर्गीय हिसावले महिला त हुन नै जातिय हिसावले पनि समावेशी हुन । तिनैजना फरक फकर समुदाय मुस्लिम, थारु र जनजाती हुन । त्यसै गरि वाँकी दुई महिलामा शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त भएकी शारदा देवी थापा (खसआर्य) र बिना बिभागिय राज्यमन्त्री रञ्जु कुमारी मण्डल खङ्ग (दलित मधेशी महिला) हुन ।
पुरुष मन्त्रीहरुमा पनि समावेशिता
मुख्यमन्त्री सतिश सिंह (मधेशी राजपुत), मुख्यमन्त्री पछि दोस्रो वरियताका मन्त्री एमालेका सरोज यादव (यादव), माओवादीबाट अर्थ मन्त्री भरत साह (वैश्य तेली) नेकपा एसका कृषि मन्त्री गोविन्द न्यौपाने तथा माओवादीकै पर्यटन मन्त्री युवराज भट्टराई (खसआर्य), एमालेबाट शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी (थारु) समुदायबाट हुन ।
त्यसै गरि एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह (कोइरी), एमालेकै खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल (वैश्य कलवार), र राज्यमन्त्री केशव राय (यादव) समुदायका हुन । जातीबाट पर्दछन् । वर्तमान १४ सदस्सीय मन्त्री परिषदमा मधेशको जनसंख्यालाई आधार मानेर जातिय र सामुदायिक हिसावले मान्ने हो भन्ने कसैले बढि र कसैले कम पाएको देखिएपनि बर्गीय हिसावले मन्त्री परिषद अहिले सम्मकै समावेशी रहेको टिप्पनी भइरहेको छ ।