एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ : शुक्रवार मधेश प्रदेश सरकारमा नयाँ मन्त्री परिषदको गठन भयो । जनमत पार्टीका प्रदेश सांसद सतिश सिंहको नेतृत्वमा १४ सदस्सीय नयाँ मन्त्री मण्डल गठन भएको छ । शुक्रवार मन्त्री परिषदका मुख्यमन्त्री र मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले सपथ ग्रहण गराइन् ।
सपथ ग्रहण पछि नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई दिनेहरुको मधेश भवन परिषरमा भिडभाड थियो । मुख्यमन्त्री बाहेक सबै भन्दा बढि बधाई प्राप्तगर्ने भिडमा घेरिएका थिए अर्थ मन्त्रीको जिम्मेवारी पाएका माओवादी संसदिल दलका नेता भरत साह ।
उनलाई गम्छा, खादा र माला लगाउनेहरुको घुइँचो थियो । कारण थियो उनले लामो संर्घष पछि पाएको अर्थ मन्त्रालय । जसपा सरोज यादवको सरकारमा माओवादी सुरुवाती प्रवेश गर्दा उनी मन्त्री बन्न पाएनन् । पछि केहि महिना अगाडि मात्र, कांग्रेस र जनमत सोहि सरकारबाट बाहिरएपछि मन्त्री परिषद पुर्नगठन हुँदा माओवादीले दुई मन्त्रालय पाउने भए ।
चौथो पटक बिश्वासको मत पाउने क्रममा चुनौती देखेका मुख्यमन्त्री सरोज यादवले प्रधानमन्त्री प्रचण्डकै रोहबरमा साहलाई रोजेको मन्त्रालय सहित दुई मन्त्रालय दिने बताएपछि बिश्वासको मतमा माओवादीको पनि मत पाएका थिए । त्यसै अनुसार त्यस पछिको मन्त्री परिषद विस्तार गर्दा साहलाई बिना बिभागिय मन्त्रीका रुपमा सपथ ग्रहण गराइयो ।
तर त्यसको केहि दिनमै मुख्यमन्त्री यादव आफु खुसी साहलाई वाँकी रहेको एक मात्र बन तथा वातावरण मन्त्री तोकेको पत्र प्रदेश प्रमुखलाई पठाएपछि साह रन्किए । आफुसंग नियोजित रुपमा प्रतिसोधपुर्ण तरिकाले यस्तो व्यवहार गरिएको भन्दै उनी संघमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेश सरकार परिवर्तणको खेलमा सक्रियता पुर्वक लागेर अन्तत अर्थ मन्त्रालय पाउन सफल भएको छ ।
जनमतलाई मुख्यमन्त्री दिएर मधेशमा जसपा विकल्पको सरकार बनाउन अगुवाई नै गरेका साह सुरुवाती बैठकमै आफु या त मुख्यमन्त्री नभए अर्थ मन्त्री पाउनुपर्ने बताएका थिए । उनी प्रधानमन्त्री प्रचण्ड र नेता मातृका यादवका बिश्वास पात्र हुन ।