एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ :
जनमतका सतिश सिंहले मधेसको तेस्रो मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन । उनलाई मधेसका प्रदेशप्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री सिंह संगै ९ मन्त्री तथा ३ राज्यमन्त्रीले समेत शपथ ग्रहण गरेका हुन् । यो संगै नवनियुक्त मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवालले शपथ ग्रहण गरेका हुन् ।
त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई शपथ ग्रहण गराइएको हो ।
नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेलीलाई ऊर्जा तथा सिंचाइ मन्त्री पदको शपथ ग्रहण गराइएको हो ।
केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, शारदा देवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रन्जुकुमारी मण्डल विना विभागिय राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।
