एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ : जनमत पार्टीले सप्तरीबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमत पार्टीको बिहिबार बिहानै बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले एसपीखवरलाई जानकारी गराएका छन् ।
‘अध्यक्ष ज्यू अमेरिकामा हुनुहुन्छ, हामि काठमाण्डौंमा उपलब्ध सचिवालयका साथीहरु बसेर सिंहलाई अघि सार्ने निर्णयमा पुगेका छौं’ उनले भने । अनि अव संसदिय दलको नेता को हुने त ? भन्ने प्रश्नमा उनले त्यस विषयमा कुनै पनि बहस र छलफल नभएको तत्काल महेश यादवनै रहने जवाफ फर्काए ।
मधेशमा जनमत नेतृत्वमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको सहयोगमा सरकार बनाउन लागिएको हो । यि दलहरुले भोली विहान सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष बहुमत सदस्यको हस्ताक्षर सहित दावी पेश गर्न लागेको हो ।