एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ :
मुलुकमा संघियता आएपछि गठन भएको मधेस सरकारबाट जसपा नेपाल मधेसको सत्ताबाट बढारिएको छ । लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा नेपाल मधेस सरकारबाट बढारिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेशसभाबाट विश्वासको मत गुमाएपछि मधेसको सत्ताबाट जसपा नेपाललाई बाहिरिनु परेको हो । बुधबार विश्वासको मतका लागि बसेको मधेस प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन् । उनको पक्षमा ५० प्रदेशसभा सदस्यले मतदान गरे भने विपक्षमा ५३ प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरे । बुधबारको बैठकमा १ सय ३ प्रदेशसभा सदस्य उपस्थित थिए ।
१ सय ७ सदस्यीय प्रदेशसभामा सरकार जोगाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।