एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : मुख्यमन्त्रीले बिश्वासको मत लिनेको भनिएको आजको प्रदेशसभाको बैठक सुरु भएको छ । अन्तिम समयमा मुख्यमन्त्री सरोज कुमार यादवले आजको बैठकमा आउन नसकिने बताएपछि पनि सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गरेका हुन । तिन बजे डाकिएको बैठक चार बजे आरम्भ भएको हो ।
यद्यपि बैठकको आरम्भमै नेपाली कांग्रेसका सांसद विरेन्द्र कुमार सिंहले प्रदेशसभा सञ्चालनका लागि सरकारको उपस्थिती अनिवार्य हुनुपर्ने नियम रहेकाले बैठक स्थगित गर्नुपर्ने मांग गरेपछि सभामुख मण्डलले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ नियम ६ को उपनियम ६ अनुसार बैठकमा प्रदेश सरकारको मन्त्रीको उपस्थिती अनिवार्य हुनेपर्नेमा त्यसो नभएकाले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् ।
यस अघि मुख्यमन्त्री यादवले आज अन्तिम समयमा आफुलाई सन्चो नरहेको भन्दै २८ गते मात्र बिश्वासको मत लिने सुचना सहितको पत्र प्रदेशसभामा पठाएको थियो ।