एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको सदस्यता वितरण अभियान धनुषाबाट प्रारम्भ भएको छ । पार्टीका जिल्ला अध्यक्ष जीबेन्द्र झाको अध्यक्षतामा धनुषा जिल्लाबाट सदयस्यता वितरण अभियानको पार्टीका राष्ट्रीय अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । केहि दिन अगाडि मात्र जनकपुरधाममा एक सभाको आयोजना गरि लोसपाले सदस्यता वितरण अभियानको उदघोष गरेको थियो ।
सो सभा पछि लोसपाका नेता कार्यक्रतामा उर्जा थपिएको र पार्टीका शिर्षनेताहरु पनि सक्रिय भएपछि अव पार्टी सक्रिय हुने भन्दै खुुसी व्यक्त गरिएको थियो । शुक्रवार पार्टी अध्यक्ष ठाकुर, पार्टीको बरिष्ठ नेता पूर्व मन्त्री शरत सिंह भण्डार, वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेशका अध्यक्ष जीतेन्द्र सोनल, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, पार्टी उपाध्यक्ष रानी शर्मा तिवारी, महासचिवद्वय परमेश्वर साह र डा. सुरेन्द्र झा ,प्रवक्ता डा. आभाष लाभ सहितका नेताहरुको उपस्थितीमा सदस्यता वितरण आरम्भ गरिएको छ ।
जसपाको फुट र जनमतको स्थिलताका बिच मधेशमा पार्टीलाई थप शसक्त बनाउन यो अभियान सुरु गरिएको बताइएको छ । सो अवसरमा पूर्व मेयर तथा केन्द्रिय सदस्य रामज्ञान मण्डल, लोकतान्त्रिक बिद्यार्थी संघका अध्यक्ष रोशन मिश्र लगायत नेताहरुको उपस्थिति रहेको थियो ।