एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : २०७४ सालमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयरमा लोकप्रिय मतका साथ विजय भएपछि माछा व्यापारी रामबाबु यादवको राजनितिक छवि प्रारम्भ भएको भन्दा फरक नपर्ला । नेपालको राजनितिमा पैसा भएपछि जे पनि सम्भव छ भन्ने कुरोको एक उदाहरण पनि हुन उनी ।
२०७४ सालमा मेयर बन्दै गर्दा उनी मधेश आन्दोलनको रापतापबाट स्थापित पार्टी जसपा नेपालको उम्मेदवार भएर जितेका थिए । उनी पार्टीको कारण मात्र होइन मेयर नहुदै त्यस पालिका र क्षेत्रको गरिव बस्तीमा विभिन्न विकास निर्माणका काम आफनै पैसाले भएपनि गरिदिएर राजनितिक आधार बनाएको स्थानियहरु बताउछन् ।
तर जसपाले मेयर जिताइदिएर मात्र उनलाई पुगेन उनी त्यसपछि पदकै लागि विभिन्न पार्टी भौतारि रहेका छन् । शहिद रामवृक्ष यादव (मास्टर साहेव) को गाँउले बरमझिया निवासी रामबाबु जन्मजात कांग्रेसी परिवारका सदस्य हुन । माछाको व्यापार फापेपछि राम्रो आम्दानी गरेका उनको जनकपुरधाम देखि काठमाण्डौं सहित देशको विभिन्न शहरमा निवास छन् ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा सक्रिय राजनितिमा आउने मुड बनाएका उनले कांग्रेसमा सम्भव नहुने देखेपछि मेयर बन्न जसपामा प्रवेश गरे र टिकट मात्र लिएनन चुनाव जितेर बने पनि । तर पैसाले पद कमाउन सजिलो होला चलाउन सजिलो छैन भन्ने कुरा सावित भयो र उनलाई जसपाले कार्यक्षमता कमजोर भन्दै २०७९ को स्थानिय तह निर्वाचनमा टिकट नदिने भयो ।
उनी लोसपा नेपाल प्रवेश गरेर २०७९ को स्थानिय तह निर्वाचनमा पुनः मेयरमा लडे तर धन्य उनको जमानत बच्यो । उनले छैंठो स्थानको १३२३ मत पाए भने कांग्रेसका दिपनारायण यादव विजयी भए । सो निर्वाचन पश्चात उनी अव जनमतको लहर चल्छ भन्ने मनशायका साथ जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको हातबाट अविर माला लगाउदै जनमत पार्टी अपनाए तर त्याहाँ पनि टिक्न सकेन ।
जनमत पार्टीका केन्द्रिय सचिव बिपी साहले २०७९ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचन पछि रामबाबु पार्टी प्रवेश गरेपनि उनी के का लागि किन आए ? र अहिले किन फेरी अर्कै तिर गएको भन्ने कुरा आफुलाई थाहै नभएको बताए । पार्टी प्रवेश गरेर पनि कुनै सक्रियता नभएपछि आफुहरुको ध्यानमा उनी खासै नरहेको उनको आशय थियो ।
अगामि चुनाव आउन अहिले करिव चार वर्षनै वाँकी छ । रामबाबु अहिले पुनः एमालेमा प्रवशे गरेको छ । एमाले अध्यक्ष केपि शर्मा ओलीको हातबाट खाद्या ओढेर उनी उनकै निवासमा एमालेमा प्रवेश गरेका हुन । एमालेले उनलाई कुन जिम्मेवारी र पद दिन्छ भन्ने कुरा समयले बताउँला ।
पार्टीमा योगदान, समय दिएका अनुभवि वास्तिविक नेता कार्यक्रता रामबाबु प्रवृतीबाट आजित छन् । पार्टीका शिर्षनेताहरु विभिन्न प्रयोजन र फाईदाका लागि यस्ता प्रवृतीलाई तत्कालै सहज रुपमा अंगिकार पनि गर्ने गरेकाले उनीहरुको मनोवलमा कमी आउनु स्वभाविक हो ।