एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ : कान्तिरपुर मिडिया ग्रुपका अध्यक्ष जनकपुरधाम निवासी कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै जनकपुरधाम नगरवासीले आन्दोलन थाल्ने तयारी गरिरहेको छ । एसपी खवर स्रोतका अनुसार जनकपुरधाम उद्योग बाणिज्य संघ, माडवाडी सेवा समिति सहितको ब्यानरहरु सडकमा उत्रने तयारी थालेको छ ।
आन्दोलनको समर्थनमा जनकपुरधामका अगुवाहरु पनि सहभागि हुने देखिदैछ । जनकपुरधामवासी गिरफतारी विरुद्व आन्दोलनमा जानुपर्ने जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले बताएका छन् । सिरोहियाका कानुनी टिम सहित कान्तिपुर मिडिया ग्रुपका पत्रकारहरुको टिम जनकपुरधामका लागि रवाना भइसकेको छ । सिरोहियालाई धनुषा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ ।
उनले कान्तिपुर सहितको मिडिया माथीको हस्तक्षेप लोकतन्त्र माथीको प्रहार भएकाले सह्य हुन नसक्ने भन्दै जनकपुरधामवासीको लागि आइकन रहेको सिरोहिया माथी आइपरेको समस्यामा नगरवासीले साथ दिनुपर्ने बताए । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, पुर्व अध्यक्ष रमेश साह सहितकाले सिरोहिया उपरको धरपकड गलत रहेको समाजिक सञ्जालमा लेखेका छन् ।
मधेशका विभिन्न शहरमा पनि आन्दोलन
सिरहाको गोलबजारमा पनि स्थानिय उद्योग बाणिज्य संघको अगुवाईमा आन्दोलन गर्ने तयारी भइरहेको एसपीखवर स्रोतले जनाएको छ । साथै मधेशको आठवटै जिल्लाका मुख्य शहरहरुमा पनि मिडिया प्रतिको प्रतिसोध र नियोजित आक्रमण विरुद्व आन्दोलनको तयारी भइरहेको बताईको छ ।
पक्राउ विरुद्व नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस विज्ञप्ती जारी गर्दै सञ्चार कार्यालयबाटै भएको गिरफतारीको विरोध गरेको छ ।