एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ : कान्तिरपुर मिडिया ग्रुपका अध्यक्ष जनकपुरधाम निवासी कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै नगरवासीको हिसावले जनकपुरधामवासी गिरफतारी विरुद्व आन्दोलनमा जानुपर्ने जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले बताएका छन् । एसपी खवरसंग उनले भने, ‘समाचार लेखेको भरमा देशको आमुल परिवर्तणहरुमा नेतृत्वदायी भुमिका निर्वाहको सञ्चारमाध्यमका मालिक माथीको नियोजित धरपकड ठिक होइन, विद्रोह गर्नुपर्दछ ।’
उनले समाजिक सञ्जालहरुमा कतिपयले सिरोहियालाई भारतिय नागरिक भन्दै खोक्रो राष्ट्रिवाद पनि प्रकट गरिरहेको देखिएको भन्दै त्यो सरासर गलत रहेको बताए । म सिरोहियाको पिता जी लाई राम्ररी चिन्दछु, वहाँ २००९ सालमा स्थापित जनकपुरधाम व्यापार संघको संस्थापक महामन्त्री हुनुहुन्थ्यो ।’ जुन बेला नेपाल उद्योग बाणिज्य महासंघ थिएन त्यसैबेला सिरोहियाका पिता जी सहितकाले सो समयमा जनकपुर व्यापार संघ गठन गरि नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको छ ।
जनकपुरधाम कसरी बनेको छ, वहाँहरुको त्यसमा के योगदान र भुमिका छ, मलाई थाहा छ भन्दै उनले मिडिया माथीको हस्तक्षेप लोकतन्त्र माथीको प्रहार भएकाले सह्न हुन नसक्ने भन्दै जनकपुरधामवासीको लागि आइकन रहेको सिरोहिया माथी आइपरेको समस्यामा नगरवासीले साथ दिनुपर्ने बताए । उनले भने, ‘म जनकपुरधामवासीलाई बिद्रोहका लागि आह्वान गर्दछु ।