एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ७ : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफु अहिले बोलेर काम बिगार्ने पक्षमा नरहेको बताएका छन् । संसदमा भइरहेको गतिविधीमा सत्ता वा प्रतिपक्ष कस्को गल्ती हो ? जनकपुरधाममा समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले भने, ‘अहिले यस बारेमा बोलेर मलाई फाइदा छ ?’
एमाले अध्यक्ष केपि शर्मा ओली तर्फ संकेत गर्दै नेपालले केहि नेताले जथाभावी बोलेकै कारण देश आज यस्तो अवस्थामा आइपुगेको भन्दै अव आफु बोलेर होइन गरेर जाने सोच बनाएको बताए । उनले संसदमा भइरहेको गतिविधी देश र राजनितिको लागि फाइदाजनक नरहेको समेत बताए । कांग्रेसले प्रधानमन्त्रीसंग नराम्रो गरयो कि राम्रो ? भन्ने प्रश्नमा उनी जवाफ विहिन बने ।
उनको हाँसोले उनी कुनै पक्ष तर्फ स्पष्ट नरहेको बुझिन्थ्यो । उनले देशमा भइरहेको राजतिनिकदलको फुट गलत रहेको बताउदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसंगको सहकार्य जारी रहने बताए । मधेशमा जसपा नेपाल सत्ताबाट बाहिरदै छ, मधेश सरकारमा अव यहाँको पार्टी के गर्छ भन्ने जिज्ञासामा उनले हाँस्दै भने, ‘अशोक राय संग पनि हाम्रो सहकार्य भएकै हो, अशोक र यादव जी न मिल्नु होला भन्ने छ र ?’