एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २२ : जनकपुरधाममा जारी सहिद कप अन्तर प्रदेश टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज तेस्रो दिन भएको दुई खेलहरुमा कर्णाली तथा कोशी प्रदेश विजयी भएका छन् । मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना र मधेश प्रदेश क्रिकेट संघ एवं शहिद कप क्रिकेट कमिटीको संयोजनमा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई २२ रनले पराजित गरेको छ ।
टस जितेर मधेश प्रदेशले क्षेत्ररक्षण रोजेपछि ब्याटिङका लागि कर्णाली प्रदेशलाई निम्तो दिएकोमा कर्णाली प्रदेशले १९.१ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो । १०६ रनको लक्ष्यसहित ब्याटिङ गरेको मधेश प्रदेश प्रदेश १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । लगातार दुई खेल हारेको मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो खेलमा गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ विकेटले पराजित ग¥यो । सुरुमा ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ओभरमा ९७ रन बनाएको थियो । ९८ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोशी प्रदेशले १५.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । कोशी प्रदेशका कप्तान दिपेश कणेल म्यान अफ दि म्याच घोषित भएका थिए । कणेलले ७ हजार ५ सय नगदसहित केएफसिद्वारा प्रदान गरिएको गिफ्ट प्याकेज प्राप्त गरे ।
दोस्रो दिन शुक्रवार भएको दुई खेलमा मधेशलाई पराजित गर्दै गण्डकी र कर्णालीलाई पराजित गर्दै कोशी जित निकाल्न सफल भएको थियो ।