एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ : प्रदेशिक अस्पताल जनकपुरधाम छेउमा रहेको नर्सिङ्ग कलेजमा कोरोना विरामीका लागि आइशोलेसनको व्यवस्था छ । तर कोरोना नाम मात्रको डर सर्वसधारण त डराउने नै भए चिकित्सहरु समेत यति भयभित छ की कुनै पनि विरामी अस्पताल जाँदा रिशले आगो हुने गरेका छन् ।
प्रसंग गत शुक्रवारको हो, महोतरी बलवा नगरपालिका वार्ड नं. ११ भगवतीपुर बस्ने बृद्व महेन्द्र मण्डल करिव २० किलोमिटर पैदल हिडेर जनकपुरधाम प्रादेशिक अस्पताल पुगेका थिए । कुकुरले टोकेपछि एन्टिरेबिज भ्याक्सिन स्थानिय स्तरमा उपलब्ध नभएपछि सरकारी अस्पतालको आशा र भरोसामा जनकपुरधाम आएका मण्डलले पुर्जा पनि कटाए । तर पुर्जा लिएर सम्बन्धित वार्डमा जाँदा उनले उपचार पाएनन ।

पुर्जा लिएर गएका मण्डलले ‘डाक्टर साहेव मलाई कुकुरले टोक्यो सुई लगाइ दिनु परयो’ भने पछि डाक्टरको जवाफ थियो, ‘मर्नु भा त छैन नी ?’ उनलाई बिना उपचार र भ्याक्सिन अहिले भ्याक्सिन नरहेको भन्दै फकाईएको छ । पीडित २० किलोमिटर हिडेर शुक्रबार गाउँ बाट आएको स्थानिय युवा अगुवा अशोक कुमार यादवले फेसबुकमा पिडितको दुःखेसो सहितको भिडियो समाग्री अपलोड गरेका छन् ।
गरिव विपन्नको एकमात्र साहारा प्रादेशिक अस्पताल जनकपुरधाममा विरामीहरुको बिच्चलीको यो एक उदाहरण मात्र हो । महामारीको भय र डर जो कोहिलाई पनि हुनु स्वभाविक हो तर चिकित्सय कर्तब्य र जिम्मेवारीको पनि आफनै महत्व हुनुपर्छ । महामारीका बेला छोएर गरिने उपचार सम्भव नभएको खण्डमा उतम मनोबैज्ञाकि परामर्श समेत एक सफल उपचार हुन सक्ने तर्फ सवैको ध्यानाकर्षण हुन जरुरी छ ।
यस्तो छ पिडितको दुःखेसो