एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एका विहानै दुःखद दृश्य देखिएको छ । धनुष सागर सरोवरमा एकजना अज्ञात पुरुषको शव तैरिरहेको अवस्थामा भेटिएको छ । मृतको पहिचान हुन सकेको छैन । घटनास्थलमा धनुषा प्रहरी पुगेर शव निकाल्नुका साथै आवयश्क अनुसन्धान प्रक्रिया सुरु गरिसेकेको छ ।
शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिने जानकारी समेत प्राप्त भएको छ । विस्तृत जानकारी आउन वाँकी छ पुरुषको मृत्यु कसरी भयो अनुसन्धान पछि मात्र भन्न मिल्ने प्रहरीले जनाएको छ ।