एसपी रिपोर्टर
जनकपुरधाम, चैत २५ : धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक चौधरी निर्वाचित भएका छन् । शनिवार जनकपुरधामको जनकपुरधाम उद्योग बाणिज्य संघमा भएको निर्वाचनमा मतदानबाट चौधरी २ सय ३९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले लोकप्रिय १ सय ७५ मत पाएका छन् । चौधरीको यो तेस्रो कार्यकाल हो ।
त्यसै गरि उपाध्यक्षमा जय प्रकाश साह (पप्पु) १ सय ३९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार साहले १ सय १८ मत पाएका छन् । पप्पु संघमा एकदमै क्रियाशिल र व्यवसायीहरुका लागि सक्रिय रहने गर्दछ ।महासचिवमा रुपेश सिंह मुन्ना १ सय ३४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वीको रुपमा राजेश दास काले १ सय १ मत पाएका छन् ।

सचिवमा मनोज कुमार साह २ सय ८ र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव १ सय ६४ मतका साथ विजयी भएका छन् । मतदानबाट छानिने तिनजना सदस्यहरुमा राजिव कुमार साह २ सय ११, दिपक यादव १ सय ९८ र कमलेश कुमार जयसवाल १ सय ८४ मतका साथ विजयी भएका हुन ।

यस्तो छ निर्वाचनको अन्तिम मत परिणाम

