एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : धनुषाको कमला सिंचाइ व्यवस्थापन कार्यालय अन्र्तगत कमला पश्चिमी मूल नहर जलउपभोक्ता समिति सर्वसम्मत गठन गरिएको छ । कमला पश्चिमी मुल नहर जलउपभोक्ता मुल समिति सवैदलको सहभागितामा सर्वसम्मतले चयन गरिएको बताइएको छ ।
समितिको अध्यक्षमा गणेशमान चारनाथ–९ निवासी नेपाली कांग्रेसका श्यामबाबु यादव, उपाध्यक्षमा विदेह नपा–५ का नेकपा एसबाट संजिव कुमार यादव गोहिवार, सचिवमा सबैला नपा–१ का नेकपा एमालेबाट जगदिश यादव, सहसचिवमा गणेशमान चारनाथ–९ की नेकपा माओवादीबाट रामजोती देवी यादव र कोषाध्यक्षमा शहीदनगर नपा–३ का जसपाबाट बरुण कुमार यादव सर्वसम्मतले चयन भएको कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र कुमार यादवले जानकारी गराएका छन् ।
कमला सिंचाई पश्चिमी नहर प्रणालीको १२ हजार ५ सय हेक्टर कृषि योग्य जग्गामा सिंचाइ सेवा उपलव्ध गराउन १४.५ कि.मी मुल नहर ४ वटा शाखा नहर र १३ मुल नहरबाट प्रत्यक्ष निकालिएको उपशाखा नहर र शाखा नहरबाट निकालिएको ४६ प्रशाखा नहरले सिंचाइ सेवा प्रदान हुदै आएको छ ।
यस प्रणालीको दिगो व्यवस्थापन संचालन र प्रणाली मर्मत सुधार एवं पानी संचालन गरि उपभोक्ता कृषकहरुलाई आवश्यकताको आधारमा सिंचाइ उपलव्ध गराउन नेपाल सरकारको उदेश्य अनुसार ठूला सिंचाइ प्रणालीहरुमा संयूक्त व्यवस्थापन गर्ने नीतिगत एवं कानुनी व्यवस्था भएकोमा सोही अनुसार जलउपभोक्ता संस्थाको विकास सुद्धृढीकरण हुदै आएको छ ।
कमला सिंचाइ व्यवस्थापन कार्यालयले जल उपभोक्ता प्रशाखा÷शाखा र मूल समिति गठन गरी संयुक्त व्यवस्थापन प्रणालीको दिगो सञ्चालन पानी वितरण, नहर मर्मत सुधार एवं व्यवस्थापन गरी उपभोक्ता कृषकहरुलाई समयमा समतामूलक पानी वितरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गराई कृषकहरुको आर्थिक, समाजिक अवस्थामा सकारात्मक सुधार गर्ने, स्वरोजगारको विकास गराइ व्यवसायिक कृषि पद्धतीको विकास गराउन, प्रणालीको मर्मत सुधार र पानी वितरणमा सहभागी मूलक सहभागिता परिचालन गराउन जलउपभोक्ता समिति गठन गरिएको हो ।