एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : सोमवार मधेश प्रदेशकी नयाँ प्रदेश प्रमुुख सुमित्रा सुवेदी भण्डारी नियुक्ती पछि पहिलो पटक जनकपुरधाम पदभार ग्रहणका लागि आउँदा स्वागतको लाइनमा सबै भन्दा अगाडि थिइन मधेश सरकारकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साह । उनी मधेश प्रदेशको पहिलो महिला प्रदेश प्रमुख भण्डारीलाई स्वागत गर्न मधेश सरकारको प्रतिनिधी सवारी मन्त्रीको रुपमा त्यहाँ पुगेकी थिइन् ।
कस्तो संजोग उनी पनि मधेश सरकारमा पहिलो महिला मन्त्रीको शौभाग्य प्राप्त गरेकी मन्त्री हुन । साह मन्त्री हुुनु भन्दा अगाडि महिलाले अवसर पाएपनि राज्यमन्त्री सम्म मात्र पुग्न सकेकोमा लोसपाबाट सम्भावना हुदा हुदै गठबन्धनको खेलामा टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेकी पुर्व सांसद सुरिता चुनाव जितेर जसपामा प्रवेश गर्दै फुल क्याविनेट मन्त्री लिएरै छाडिन् ।
क्षेत्रमा एकदमै सक्रिय, उर्जावान र मजाकी मिजाजकी मन्त्री सुरिताको व्यवहार र लगनशिलता क्षेत्रवासीलाई आकर्षित गर्ने गरेको क्षेत्रका बुद्विजिवीहरुको भनाई छ । स्वागतका लागि विमानस्थल पुगेकी उनलाई एसपीखवरले दुवै तर्फ पहिलो महिला हुनुको जानकारी गराएपछि उनी खुसी हुदै भनिन, ‘तपाईले सहि जानकारी दिनभयो मलाई थप खुसी लागेको छ ।’
उनले आफु मन्त्री बनेपछि अन्य पार्टीहरु पनि दबाबमा आएर महिलालाई मन्त्री बनाउँदा संख्या बढदै गएको भन्दै खुसी लागेको बताइन् । यद्यपि सुरुमा समाजिक विकास मन्त्री बनेकी उनलाई पछि क्रमश शिक्षा र त्यसपछि भागबण्डाको खेलामा खेलकुद र समाज कल्याण मन्त्रालय गठन गरि ओझेलमा पार्दै गएको देखिन्छ ।